इण्डो प्यासिफिक र धार्मिक राजनीतिको भण्डाफोर गर्दै विप्लव नेकपाको आठौँ पूर्णँ बैठक सम्पन्न

इण्डो प्यासिफिक र धार्मिक राजनीतिको भण्डाफोर गर्दै विप्लव नेकपाको आठौँ पूर्णँ बैठक सम्पन्न

रोल्पा, २९ असोज । चीनका राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमण, दशैँ, तिहार र छठ पर्वको चलहपहल चलिरहेकै बेला विप्लव नेतृत्वको नेकपाले रोल्पामा केन्द्रीय समितिको आठौं बैठक सम्पन्न गरेको ।

हालै सम्पन्न बैठकले बैचारिक, राजनीतिक, संगठनात्मक, आर्थिक लगायतका सम्बन्धमा नयाँ निर्णय गरेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पेश गरेको ‘आफैंलाई रुपान्तरण गर्दै पार्टीलाई सुद्धिकरण गरौँ, फाँसिवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा उठाऔं” शीर्षको प्रस्ताव पास गर्दै इण्डो प्यासिफिक रणनीति र धार्मिक राजनीतिको भण्डाफोर गर्ने नीति अख्तियार गरेको स्रोतले जनाएको छ । 

केन्द्रीय समितिको आठौं बैठकले मंसिर महिना भरी आर्थिक अभियान चलाउनुकासाथै हिरासत र जेलमा रहेर अत्मसमर्पण गर्ने हरुलाई कम्तिमा ६ महिनासम्म निलम्बन गर्ने निर्णय गरेको जनाइएको छ । 

त्यसैगरी बैठकले आन्तरिक प्रशिक्षण, अन्तरक्र्रिया, स्कूलिङ लगायतका विषयमा पनि निर्णय गरेको छ । फाँसिवाद, दलालीकरण र सरकारी भष्टाचार बिरुद्ध सम्पूर्ण बामपन्थी र सच्चा लोकतन्त्रवादीहरुसँग मोर्चाबन्दी गर्दै सरकारले आफुहरुको राजनीतिक भाषा नबुझेकाले राजनीति साथै प्रतिरोध संघर्षलाई जारी राख्ने निर्णय गरेको स्रोतको दावि छ ।