कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगियो

कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं, २८ असोज । संघीय संसदका निर्वतमान सभामुख  कृष्णबहादुर महरालाई मंगलबार म्याद थपका अदालत लगिएको छ । 

महरालाई नर्भिक अस्पतालबाट सिधै अदालत लगिएको हो । अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको चार दिनपछि स्वास्थ्यमा खराबी देखिएको भन्दै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ । महराको म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।