आज सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै 

 आज सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै 

काठमाडौं, २८ असोज । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज अपरान्ह बस्ने भएको छ । नेकपाका एक सचिवालय सदस्यका अनुसार ४ बजेका लागि डाकिएको छ । 

भोलिदेखि राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार भ्रमणमा जाने र प्रधानमन्त्री केपी शर्मा ओली पनि असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन केही दिनमै अजरबैजान जाने कार्यक्रम भएकाले गर्दा बैठक आजलाई डाकिएको ती नेताले झिल्कोलाई बताए । 

प्रधानमन्त्रीको भ्रमण तालिका औपचारिक रुपमा सार्वजनिक नभए पनि सो शिखर सम्मेलन यही अक्टोबर २५ र २६ मा हुँदैछ ।