निवर्तमान सभामुख महरालाई काठमाण्डौ जिल्ला अदालत लैजाने तयारी

निवर्तमान सभामुख महरालाई काठमाण्डौ जिल्ला अदालत लैजाने तयारी

काठमाण्डौ, २८ असोज । यौन दुव्यर्वहारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार काठमाण्डौ जिल्ला अदालत लैजाने तयारी छ । 

थुनामा राखेर थप अनुसनधान गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको हो । दशैँ बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन नसकिएपछि मंगलबार अदालतमा उपस्थिति गराएर म्याद थप्ने प्रहरीको तयारी छ । 

उच्च रक्तचाप र मुटुको नियमित स्वास्थ्य परीक्षणका लागि महरालाई गएको बिहीबारदेखि थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।