अयोध्यामा डिसेम्बर १०सम्म १४४ धारा

अयोध्यामा डिसेम्बर १०सम्म १४४ धारा

काठमाडौ ।राम जन्मभूमि बाबरी मस्जिदसम्बन्धी मुद्दाको सर्वोच्चमा सुनुवाइ सकिएपछि अयोध्यामा डिसेम्बर १०सम्मका लागि १४४ धारा लगाइएको छ ।

जिल्ला मजिस्ट्रेट अनुज झाले ट्विटरमा यसको जानकारी दिएका छन् । आयोध्या र यहाँ भ्रमण गर्नेहरूको सुरक्षालाई ध्यान दिइ यो आदेश जारी गरिएको उनले जनाएका छन् । साथै उनले त्यो आदेशको प्रतिलिपि पनि साथमा राखेका छन् ।

धारा १४४ले मानिस नरहेको हवाइ क्षेत्रमा ड्रोन लगायतका वाहन बिना अनुमति उडाउन पाउने निषेध गरिएको छ ।

साथै पड्काहरूको बिक्री र निर्माणमा पनि प्रतिबन्ध लगाइएको छ ।

जिल्ला अधिकारीले दिएका अनुमति प्राप्त व्यक्तिले पसल र गोदाम विशेष क्षेत्रमा मात्र सञ्चालन गर्न पाउनेछन् ।

यो आदेशको प्रतिलिपि जिल्लाका सबै बरिष्ठ जिल्ला अधिकारीहरूलाई पठाइएको छ ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश रन्जन गोगोइले नेतृत्वको ५ सदस्यीय इजलासले दुबै पक्षका सबै सरोकारवालालाई अक्टोबर १७सम्म राख्नुपर्ने सबै विषय अदालतसमक्ष राखि सक्न आदेश दिएको छ । 

दशैको एक साता लामो विदा पछि सो मुद्दाको सुनुवाई सोमबार देखि शुरू भएको छ ।

प्रधानन्यायाधीशले यो मुद्दाको फैसला नोभेम्बर १७ अघि नै सुनाउने देखिएको छ ।

त्यसपछि उनी सेवा निवृत हुन लागेकाले आफ्नै कार्यकालमा यसको फैसला सुनाउन खोजका हुन् ।

५ जनाको यो इजलासमा अन्य न्यायाधीशहरूमा एस ए बोब्डे, डीवाई चन्द्रचुड, अशोक भुषण र एस अब्दुल नजीर रहेका छन् ।

सन् २०१० सेप्टेम्बर ३०मा इलाहाबाद उच्च अदालतको फैसला उपर गरिएको पुनरावेदनबारे सर्वोच्च अदालतले फैसला सुनाउन लागेको हो ।

सन् १९९२ डिसेम्बर ६का दिन अयोध्याको विवादित रामजन्म भूमिस्थलमा रहेको बाबरी मस्जिदलाई ध्वंस गरिएको थियो ।

त्यो विषयको यो मुद्दाका फैसला गर्दा इलाहाबाद उच्च अदालतले २.७७ एकड भूमि निर्मोही अखारा, सुन्नी सेन्टरल वाकफ बोर्ड र रामलला विराजमनबीच बराबर बाँडने निर्णय गरेको थियो ।