नेपाल र चीनबीच दर्जनभन्दा बढी सम्झौताहरुमा हस्ताक्षर

नेपाल र चीनबीच दर्जनभन्दा बढी सम्झौताहरुमा हस्ताक्षर

काठमाडौं, २६ असो । नेपाल र चीनबीच एक दर्जनभन्दा बढी समझदारीपत्र एवं सम्झौताहरुमा हस्ताक्षर भएको छ ।

नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो सम्झौता भएको हो ।

आइतबार समझदारीपत्र तथा सम्झौताहरुमा पूर्वाधार निर्माण, सुरुङ मार्ग निर्माण, दुइदेशबीच कनेक्टिभिटी र सडक सञ्जाल जस्ता विषयमा सम्झौता भएको बताइएको छ । साथै व्यापार विस्तारका, प्राकृत प्रकोप नियन्त्रण जस्ता विषयमा विभिन्न संयन्त्र निमार्ण जस्ता विषयलाई ती समझदारी पत्रमा समेटिएको छ

यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री के पी शर्मा ओलीबीच उच्च स्तरीय वार्ता भएको थियो । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । त्यसअघि नेकपाका अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री प्रचण्डसँग पनि सीले करिव ३० मिनेट छुट्टै भेटघाट गरेका थिए  

सी आज दिउँसो १ बजे स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।