सी चिनफिङ र प्रधानमन्त्री ओलीबीच उच्च स्तरीय वार्ता

 सी चिनफिङ र प्रधानमन्त्री ओलीबीच उच्च स्तरीय वार्ता

काठमाडौं, २६ असोज । दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री के पी शर्मा ओलीबीच उच्च स्तरीय वार्ता सुरु भएको छ ।

होटेल सोल्टी क्राउन प्लाजामा ११ बजेबाट वार्ता सुरु भएको हो । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेश मामिला सम्बन्धी मन्त्री वाङ यीसहित दुवै देश उच्च पदस्थ अधिकारीहरु सहभागी छन्  । वार्ताको सुरुमा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका छन् । 

वार्ता करीब १५ मिनेट चल्नेछ । वार्ताको क्रममा विगतमा छलफल भएर तयारी पुरा भएको १५ बुँदामा सम्झौता हुने अनुमान गरिएको छ ।
नेपाल र चीनबीच केही महत्वपूण विषयमा हस्ताक्षार हुने छ ।

उनी आजै दिउँसो १.०० बजे स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।