नेपालको समृद्धिमा चिनिया राष्ट्रपति सि चिनफिङको योगदान

नेपालको समृद्धिमा चिनिया राष्ट्रपति सि चिनफिङको योगदान

आर.सी. न्यौपाने

आरम्भ

विश्व मानचित्रमा सभ्यता र समृद्धिको मानकको पहिचान बनाएको चीन हजारौँ वर्ष पुरानो राष्ट्र हो । यस्तो ऐतिहासिक राष्ट्र चीन साम्राज्य निर्माणमा सी ह्वाङतीको भूमिका कोशेढुङ्गाको रुपमा स्वर्ण अक्षरबाट अङ्कित छ । यही राष्ट्र तेस्रो शताब्दीमा आन्तरिक द्वन्द्वका कारण अनेकौँ राज्यहरुमा विभाजित हुन पुग्यो ।

विभाजित राज्यहरुबीचको आपसी स्वार्थ केन्द्रित झगडा एवम् लुटपाटले चिनियाँ भूखण्ड क्रमशः उजाड बन्दै गयो । चिनियाँ भूखण्डमाथि देखापरेका बाह्य शक्तिकेन्द्रहरुको आक्रमण तथा अतिक्रमणका कारण चिनियाँ भूखण्डको ऐतिहासिक रक्षा अनिवार्य बन्यो, जसका लागि विभाजित राज्यहरुबीच एकआपसमा पुनः समेटिनुको विकल्प रहेन । यही परिदृश्यमा उजाडताको पराकाष्टाको खरानीबाट तेस्रो, चौँथो शताब्दीमा चीनमा सामन्ती व्यवस्थाको प्रादुर्भाव हुन पुग्यो । विश्वव्यापी प्रक्रियाको रुपमा उदय भएको महत्वाकाङ्क्षी सामन्ती व्यवस्थाको प्रतिफल छैटौँ शताब्दीको अन्त्यमा विभाजित चिनियाँ भूखण्डको एकीकरण अभियानले एउटै देश निर्माणको कार्यभार पुरा गर्यो । समयक्रमका अन्तरविरोधसँगै तेह्रौं शताब्दीको आरम्भमा बाह्य शक्तिको आक्रमणको परिणाम चीन मङ्गोल शासक अधिनस्त बन्यो, जसका शासक चङ्गेज खान थिए ।

चीनले अन्ततः मङ्गोललाई आफैँमा समाहित गर्योे । चिनियाँ किसान जनताको आन्दोलनको परिणाम १३६८ मा मङ्गोल शासनको पनि अन्त्य हुन पुग्यो । पन्ध्रौं शताब्दीमा पुग्दा पूर्णरुपमा चीनले मङ्गोल शासनबाट मुक्ति पायो र चीनमा आर्थिक, सामाजिक, राजनीतिक एवम् साँस्कृतिक विकासको समृद्धिको युग शुभारम्भ हुन पुगेको इतिहास आफैँ बोल्छ । समृद्धि र सभ्यताको द्योतक चीनले आफ्नो सभ्यताको सम्पदालाई भविष्यको पिढीलाई सुरक्षित गर्न राष्ट्रियता, स्वतन्त्रता, अखण्डता र सार्वभौमिकताको रक्षाको सवाललाई अहम् बनाउँदै सामन्तवाद र साम्राज्यवादका विरूद्ध सदैव लडिरह्यो । यी ऐतिहासिक लडाँइहरुमा ताओ तथा कन्फ्युसियसको दिगदर्शनले महत्वपूर्ण र निर्णायक भूमिका निभाएको छ ।

चीनले आफ्नो स्वाभिमानको सङ्घर्षमा र विकासको दौडानमा महान् दार्श्निक, चिन्तक, राजनीतिज्ञ, प्राकृतिक वैज्ञानिक, साहित्यकार, संस्कृतिकर्मी, इन्जिनियर, रणनीतिकारजस्ता युगपुरूषहरू जन्माउन सफल भयो ।

चन्द्रमाबाट हेर्दा पृथ्वीमा देखिने एकमात्र मानवनिर्मित ग्रेटवाल, औद्योगिक आविष्कारहरूमा कागज, रेशम, बारूद, कम्पास, मुद्रणकला, चिनियाँ माटोका भाँडा, इन्धनका लागि कोइला, नुन र प्राकृतिक ग्याँस निकाल्न गहिरो ड्रिलिङ, जलप्रतिरोधी कक्ष र पेडल चालक चक्का, भूकम्प मापक यन्त्र, हिसाब गर्नका लागि एबाकस, तोप र बारुदी रकेट, नहर र जलपास, झोलुङ्गेपुल, धातु पगाल्न प्रयोग हुने पङ्खाजस्ता विज्ञान प्रविधिको विकास विश्वमै पहिलोपटक चीनले गर्यो । यसरी मूल्याङ्कन गर्दा चीन सारा दुनियाँमा उत्पादन प्रणाली कौशलतामा लगभग दुई हजार वर्षको इतिहासमा युरोपलगायतका देशहरुभन्दा धेरै अगाडि रहन सफल भएको दृष्टान्त हामीसामु स्पष्ट छ । यसरी अठारौँ शताब्दीको अन्त्यसम्म चीनलाई कसैले पनि चुनौती दिन सकेन ।

विषय विस्तार

भौगोलिक, सामाजिक, आर्थिक, साँस्कृतिक इतिहास दर्शन आदि तथा समृद्धिको समग्र यात्रामा चीन विश्वमै अग्रगामी राष्ट्रको रुपमा युगौंयुगदेखि स्थापित छ । यस्तो गौरवशाली चीन तथा चिनियाँ जनताको उद्यमशीलता एवम् कौशलबाट अत्तालिएका पश्चिमी युरोपियन मुलुक, विशेषतः ब्रिटिश साम्राज्यवादी शक्ति चीन ध्वस्त पार्ने कुटिल योजनामा व्यावसायिक आवरणमा देखापरे । चीनको निर्यात एवम् उसको आर्थिक वृद्धिलाई नियन्त्रणमात्र होइन, ध्वंश गर्ने रणनीतिमुताविक ब्रिटिश साम्राज्यवादले चीनमा अफिम निर्यातको षड्यन्त्र तीव्र पार्यो । चीनका सचेत किसान जनताको पङ्क्तिले अफिम विरुद्धको ठूलठूला आन्दोलन चर्काए । फलतः साम्राज्यवादको पिछलग्गु बनेको छिङ राजवंशको आत्मसमर्पणवादी रवैयाका कारण ब्रिटिश साम्राज्यको अगाडि चीनको केही लागेन । साम्राज्यवादले चीनलाई अफिमयुद्धमा पराजित गरी सन् १८४२ मा नानचिङ सन्धि हुनपुग्यो । नानचिङ सन्धिले ढोका खुल्लै गरिदिएको अफिमलगायतको व्यापार बिगबिगीबाट चीनलाई मुक्त गर्न चिनियाँ किसान मजदूरको पङ्क्तिले थाएफिङ क्रान्तिको जेहाद छेडे ।

लामो समयको क्रान्तिपछि चीनमा थाएफिङ क्रान्तिले सफलता चुम्यो र सन् १८५०–१८६५ सम्म चीनमा थाएफिङ (महाशान्तिमय स्वर्गिक राज्य) सत्ता कायम रहेको इतिहास साक्षी छ, जुन क्रान्तिका सूत्राधार तथा सर्वोच्च नेता हुङश्यूछवेन थिए । थाएफिङभित्रको आपसी अन्तर्विरोधको परिणाम यो राज्य पनि १८६५ भन्दा उता टिक्न नसकी पुरानैको पुनरावृत्ति हुन पुग्यो । चीन लामो समय अशान्ति, अस्थिरता, अन्योलता एवम् विसर्जन र विघटनको दिशामा उन्मुख बनिरह्यो । 

विसर्जन र विघटनको दिशामा उन्मूख बनिरहेको परिप्रेक्ष्यमा चीनको ऐतिहासिक गौरव एवम् सभ्यताको रक्षाका लागि डा. सनयातसेनजस्ता होनहार युवा बुद्धिजीवीको नेतृत्वमा चीन बचाऊ अभियानअन्तर्गत १८९४ मा चीन उद्धार सोसाइटी (शिङचुङहवेई) नामक राजनीतिक सङ्गठनको जन्म हुन पुग्यो । यस सङ्गठनको मूल उद्देश्य (मानचू) छिङ राजवंशको अन्त्य गरी चीनमा पुँजीवादी गणतन्त्र स्थापना गराई समृद्धिको शिखर चुम्ने रह्यो । डा. सनयातसेनको नेतृत्वमा लामो समय पुँजीवादी क्रान्ति चल्यो । यस क्रान्तिमा माओ, चु तेहजस्ता होनहार माक्र्सवादबाट प्रभावित युवाहरूको टिम पनि सशक्त भूमिकामा क्रियाशील हुन पुग्यो ।

अन्ततः ठूलो राजनीतिक क्रान्तिबाट १० अक्टोबर १९११ मा छिङ राजवंशको तख्ता पल्टियो र चीनमा पुँजीवादी गणतन्त्र स्थापना हुन पुगेको सत्य चिनियाँ इतिहासमा स्वर्णिम अक्षरले लेखिएको छ । यसरी क्रान्ति सम्पन्न भएपछि १ फेब्रुअरी १९१२ मा डा. सनयातसेन चीनको अस्थायी प्रेसिडेन्ट छानिए । यसको ठीक दुई दिनपछि डा सनयातसेनले चीनको राष्ट्रिय आवश्यकता दीर्घकालीन विकासको लक्ष्य राख्दै १४ फेब्रुअरी १९१२ मा छिङ राजवंशले राजगद्दी त्यागेको समयमा आफ्नो उत्तराधिकारी नियुक्त गरेको थ्वान ससिखाएको पक्षमा राजीनामा दिए । उसैलाई चीनको प्रेसिडेन्ट बनाइयो । १० मार्च १९१२ मा नानचिङमा गणतन्त्रको संविधान घोषणा गरियो ।

अफसोच संविधानमा जनताका अपेक्षा सम्बोधन हुन सकेन । योजनाबद्ध ढङ्गले पुँजीवादी गणतन्त्रलाई पुनः प्रतिक्रान्तिमा झोस्ने काम थ्वान सिखाएको टिमले मञ्चन ग¥यो । प्रतिगामी युद्ध सरदारहरूका साथै नयाँ जनशक्तिहरूको पनि उदय हुन पुग्यो । फलतः १९१९ मे ४ मा जनवादी क्रान्तिको खाकासहित प्रतिगामी युद्ध सरदारहरूका विरूद्ध न्यायकामी चिनियाँ किसान मजदूर जनताहरूले विद्रोहको झण्डा उठाए, जुन झण्डालाई १९२१ मा स्थापित चिनियाँ कम्युनिष्ट पार्टी तथा नयाँ जनवादी क्रान्तिको सूत्रपातको रूपमा लिन सकिन्छ । यसमा नयाँ विचार समूहको रूपमा माओलगायतका युवाहरूले सङ्घर्षको मोर्चामा आफूलाई अग्र मोर्चामा दर्ज गराएर लडेको इतिहास छिपाएर छिप्दैन । यस सङ्घर्षमा डा. सनयातसेनको पार्टी क्वोमिन्ताङका साथै नयाँ विचार समूहको कार्यगत एकता रहेको थियो ।

समयक्रममा श्रमजीवी वर्गले देशीय सामन्तवाद र वैदेशिक साम्राज्यवादको प्रभुत्व तथा प्रतिगामी युद्ध सरदारहरूको समूल नष्ट गरी चिनियाँ जनताको मुक्तिका खातिर कम्युनिष्ट पार्टी स्थापनाको आवश्यकता बोध गरे । सोही आवश्यकता परिपूर्तिका खातिर जुलाई १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना हुन पुग्यो । कम्युनिष्ट पार्टीले चीनका आमजनताको विगतदेखिका स्वतःस्फूर्त न्यायकामी आन्दोलनलाई थप मजबुत, सङ्गठित हुने महत्वपूर्ण आधार निर्माण गरी निर्णायक क्रान्तिका लागि मार्ग्निर्देश गर्न सफल भयो, जसको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद विश्व दृष्टिकोण रह्यो ।

म्युनिष्ट पार्टीले साम्राज्यवाद, अर्धसामन्ती, अर्धऔपनिवेसिक एवम् दलाल पुँजीवादको तेहरो उत्पीडनका विरूद्ध सशक्त सङ्घर्ष चलायो । कम्युनिष्ट पार्टीले वर्गसङ्घर्षलाई घनिभूत बनाउँदै देशभक्त शक्तिहरूसँग क्रान्तिकारी संयुक्त मोर्चाको अवधारणा अघि गर्यो । चीनमा विद्यमान गृहयुद्धको अन्त्य गरी जनवादी समाजवादी सत्ता स्थापना गर्न कम्युनिष्ट पार्टीले ‘गृहयुद्धलाई समाप्त गरौँ, युद्ध सरदारहरूको तखता पल्टाऔँ र आन्तरिक शक्ति कायम गरौँ, अन्तर्राष्ट्रिय साम्राज्यवादी उत्पीडनको जुवा उतारेर फालौँ र चिनियाँ राष्ट्रको पूर्ण स्वाधिनता प्राप्त गरौँ, सम्पूर्ण चीनलाई एकीकृत गरी एउटा सच्चा जनवादी गणतन्त्रको स्थापना गरौँ’ भन्ने घोषणाका साथ राष्ट्रिय क्रान्तिकारी वर्गसङ्घर्षको उद्बोधन विकसित भयो ।

क्वोमिन्ताङ पार्टीका नेता डा. सनयातसेन, जो सच्चा देशभक्त थिए, उनीसहित उक्त पार्टीसँग कम्युनिष्ट पार्टीले क्रान्तिकारी संयुक्त मोर्चा निर्माण गरी चीनका सशस्त्र युद्ध सरदारहरूका विरूद्ध जुझारू सङ्घर्ष अगाडि बढ्यो । अफसोच १२ मार्च १९२५ मा डा. सनयातसेनको असामयिक निधनपछि संयुक्त क्रान्तिकारी मोर्चामा क्वोमिन्ताङ पार्टीको च्याङकाइसेक गुटले तिकडमबाजीपूर्वक क्रान्तिकारी आन्दोलनमा धोकाधडी गर्दै आन्दोलन तुहाउने षड्यन्त्रको मञ्चन गर्न पुग्यो । फलतः १२ अप्रिल १९२७ मा च्याङकाइसेक गुटले आफ्नो फौजलाई क्रान्तिकारी जनता एवम् मजदूरहरूको दमन गर्न निर्देश दियो । आमजनताको व्यापक नरसंहारपछि १८ अप्रिल १९२७ मा च्याङहाइसेकले छुट्टै सरकारको घोषणा गर्यो र त्यसलाई साम्राज्यवादीहरू, अफिम गिरोहका ठेकेदार तूलगायतका प्रतिगामीहरूबाट गैरकानुनीरुपमा स्थापित नानचिङ शासनबाट चीनको कानुनी सरकारको रूपमा मान्यता पायो ।

यसैबेला चिनियाँ क्रान्तिकारी आन्दोलन तुफानी धुव्रीकरणको प्रक्रियामा गई देश पूरै क्रान्तिकारीमय हुन पुग्यो । यसैबीच १ अगस्ट १९२७ मा चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो सशस्त्र जनमुक्ति सेना स्थापनाको घोषणा गर्यो । यस दौडानमा चिनियाँ कम्युनिष्ट पार्टीले सिङ्गो पार्टीलाई वैचारिकरूपमा क्रान्तिकारीकरण गर्दै लैजान पार्टी्भित्रका दक्षिणपन्थी तुश्युलगायतलाई ७ अगस्ट १९२७ मा पार्टीको नेतृत्वबाट बर्खास्तको घोषणा केन्द्रीय समितिको बैठकबाट ग¥यो । यस घटनाबाट माओले विगतदेखि उठाउँदै आएको वैचारिक बहसको औचित्य पुष्टि हुन पुग्यो ।
सिङ्गो कम्युनिष्ट पार्टी तीसको दशकमा क. माओको नेतृत्वमा आइपुग्यो । माओको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले सर्वहारा अन्तर्रा्ष्ट्रियवादको भावनामा दृढतापूर्वक उभिँदै चिनियाँ जनक्रान्तिलाई सफलताको शिखर चढाउने सङ्कल्पमा अविचलितरूपमा पूरै देशलाई क्रान्तिमय गरायो ।

यसरी क्रान्तिकै दौडानमा ७ जुलाई १९३७ मा जापानले चीनमाथि आक्रमण गरेपछि चीनमा थप राष्ट्रिय सङ्कट सिर्जना हुन पुग्यो । उक्त सङ्कट टार्न क्वोमिन्ताङ र कम्युनिष्ट पार्टीबीच सम्झौता हुन पुगी च्याङकाइसेकसँग सङ्घर्ष र सहकार्यको नीति अवलम्बन हुन पुग्यो । यसरी जुलाई १९४७ सम्म आइपुग्दा चीनमा जनताको क्रान्तिकारी सैन्य शक्तिहरूले सैनिक तथा आर्थिक दृष्टिले ‘गाउँले शहरलाई घेर्ने’ मा ठूलो सफलता प्राप्त गर्न सक्यो । यसरी १९४८ सेप्टेम्बर–नोभेम्बरसम्म आइपुग्दा सम्पूर्ण उत्तर पूर्वी चीनलगायतको अधिकांश क्षेत्र मुक्त गराइयो ।

चिनियाँ जनताका मुक्तिदाता एवम् नयाँ जनवादी क्रान्तिका प्रणेता क. माओले चिनियाँ क्रान्तिलाई सफलताको शिखर चढाउने सङ्कल्पमा माक्र्सवादको तीन सङ्गठक सिद्धान्त द्वन्द्वात्मक भौतिकवाद, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवादलाई चिनियाँ विशेषताको क्रान्तिको मोडेलको रूपमा थप विकसित गरे ।

द्वन्द्वात्मक भौतिकवादः द्वन्द्वात्मक भौतिकवादका तीन नियमलाई एउटै नियम अन्तर्विरोधमा नियमबद्ध गरे । मात्राबाट गुणमा रूपान्तरण र निषेधको निषेधलाई दुई विपरीत्वको सङ्घर्ष र एकतामा सूत्रबद्ध गरेर त्यसलाई अन्तर्विरोधको नियम बनाए । निषेधको निषेध हुँदैन बरू पुरानोको नकार त्यसको ठाउँमा नयाँको साकार हुन्छ भनी संश्लेषण गरे ।

ज्ञान सिद्धान्तको क्षेत्रः यसमा क. माओले वर्गसङ्घर्ष, उत्पादनका निम्ति सङ्घर्ष एवं ज्ञान सिद्धान्तको क्षेत्रः यसमा क. माओले वर्गसङ्घर्ष, उत्पादनका निम्ति सङ्घर्ष एवम् वैज्ञानिक प्रयोगलाई ज्ञानको स्रोत बनाएर इन्द्रिय ग्राह्य ज्ञानबाट बुद्धिसङ्गत ज्ञानमा पुग्ने प्रक्रियाका सम्बन्धमा तथा सिद्धान्त र व्यवहारको आपसी सम्बन्धका बारेमा गरेको विश्लेषणले माक्र्सवादको विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ । संशोधनवादका विरूद्धको सङ्घर्षमा द्वन्द्ववादको प्रधान पक्षका रूपमा एकको दुईमा विभाजन हुन्छ भन्ने नियम निर्माण गरेर क. माओले संशोधनवादका विरूद्ध सशक्तरूपमा लड्न महत्वपूर्ण हतियार प्रतिपादन गरे ।

राजनीतिक अर्थशास्त्रः साम्राज्यवाद कागजी बाघ हो भन्दै राजनीतिक अर्थशास्त्रको क्षेत्रमा नोकरशाही पुँजीवादको चरित्रको विश्लेषण क. माओको महत्वपूर्ण अनुसन्धान हो । नोकरशाही पँुजीवादलाई ध्वस्त गरी उनीहरूको सम्पत्ति कब्जा गरेमात्र उत्पीडित राष्ट्रहरूबाट साम्राज्यवादलाई परास्त गरी लखेट्न सकिन्छ र समाजवादका लागि बलियो जग हाल्न सम्भव हुन्छ भन्ने निष्कर्ष निकाल्न सफल भए ।

वैज्ञानिक समाजवादः क. माओले वैज्ञानिक समाजवादको क्षेत्रमा उत्पीडित राष्ट्रहरूमा विशेष गरेर अर्धसामन्ती, अर्धऔपनिवेशिक राष्ट्रहरूमा गरिने क्रान्तिको मोडेल नयाँ जनवादी क्रान्ति हो भन्ने विचार संश्लेषण गरी नयाँ जनवादी क्रान्तिको अवधारणा तय गरे । जनताको राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ भन्ने मान्यता नयाँ जनवादी क्रान्ति दीर्घकालीन जनयुद्धको कार्य्दिशाबाट स्पष्ट पारे । समाजवादी कालभरि वर्गसङ्घर्ष जारी रहने र सर्वहाराको अधिनायकत्व अन्तर्गत वर्गसङ्घर्ष जारी रहने सिद्धान्त, समाजवादी अवस्थामा पुँजीवादको पुनःस्थापना रोक्ने एउटा बलियो सैद्धान्तिक अस्त्रको रूपमा रहेको छ ।

निष्कर्ष

क. माओले सर्वहारा वर्गको पूर्ण मुक्तिका लागि जनताका लागि निरन्तर क्रान्तिको सिद्धान्त साँस्कृतिक क्रान्तिको अवधारणा ल्याई सबैखाले संशोधनवाद, विसर्जनवाद, वर्गीय आत्मसमर्पणवाद र राष्ट्रिय आत्मसमर्पणवादका विरूद्ध लड्न नयाँ वैचारिक हतियार प्रदान गरेका छन् ।

माओले चीनको विशिष्ट परिस्थितिमा क्रान्तिको नेतृत्व गरी माक्र्सवाद लेनिनवादको मौलिक प्रयोग गरेर नयाँ जनवादी क्रान्ति र समाजवादको नयाँ मोडेल विकास गरे । यसरी माक्र्सवाद लेनिनवादको चिनियाँ विशेषतामा मौलिक प्रयोग गरी श्रमजीवी सर्वहारा वर्गको अजय विचार माक्र्सवाद लेनिनवादलाई तेस्रो र नयाँ चरणमा विकास गरेर माओ विचारको उच्चतम् उचाईमा उठाए । महान् ऐतिहासिक सङ्घर्षको उपलब्धि अक्टुबर १, १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थापना भएको घोषणा क. माओद्वारा लाखौँ जनतामाझ गर्न सफल हुनु माओलगायतका कमरेडहरुको ऐतिहाहासिक योगदान स्मरणीय छ ।

यसरी क. माओलगायतका नेतृत्व अर्धसामन्ती र अर्धऔपनिवेशिक चीनलाई स्वाभिमान, समृद्ध, जनवादी, समाजवादी चीन बनाउन सफल भए । यसरी महान् युगद्रष्टा माओको जीवनमा क्रान्तिको दौडानमा अनेकौँ प्रतिकूलताहरू आए । सबैखालका प्रतिकूलताहरू चिर्न चिनियाँ जनताको सौर्य ऊर्जाको रापतापबाट उनी सफल भए । यसरी चीनमा नयाँ जनवादी क्रान्तिले सफलता पाई चीनमा जनवाद तथा समाजवादको स्थापना भई युगान्तकारी परिवर्तन आरम्भ भयो । उता, उत्तिकै सौर्यशाली माओका सहयोद्धा क. देङ, मार्शल चु तेहहरूको जीवन निष्ठाविरूद्ध आइपरेको महासङ्कटले सिङ्गो विश्व कम्युनिष्ट आन्दोलन, चिनियाँ क्रान्तिका उपलब्धि र भविष्य अन्योल र अस्थिरताको भुमरीमा रूमल्लिन पुग्यो ।

यस अवस्थामा धैर्यता र निष्ठाका अविचलित योद्धा तथा चिनियाँ क्रान्तिका हस्ती क. चउ आनलाई यस विषमतालाई चिर्न स्पष्टरूपमा मार्ग्निर्देशका लागि निर्णायक रूपमा उभिए । क. चउ अनलाईको उचाईले चिनियाँ क्रान्तिविरूद्ध आन्तरिक र बाह्य गठबन्धनको राणनीतिक षड्यन्त्रको जालोबाट क्रान्तिको रक्षा गर्ने काम भयो । क्रान्तिलाई प्रतिक्रान्तिमा बदल्न छदम्रूपमा उद्दत लिन पियाओको माओ समेतलाई मार्ने षड्यन्त्र चिर्दै उसको षड्यन्त्ररूपी आवरण नङ्गेझार पारी यस घटनाबाट ग्याङ अफ फोरको पतन भयो नै ।

माओको मृत्युपछि समाजवादी चीनको नेतृत्व देङ्स्याआकोे काँधमा आइपुग्यो । माक्र्सवाद÷लेनिनवाद माओ विचारधाराको जगमा देङ्ले विगतका क्रान्तिका उपलब्धिलाई रक्षा र संस्थागत गर्दै राष्ट्रिय पुँजीको उच्चतम् विकासका लागि उचित नीति तथा कार्यक्रम ल्याए । परिणामतः चीनले समृृद्धिको यात्रामा पुरानोको क्रमभङ्ग गर्दै आर्थिक समुन्नतिको नयाँ मार्ग प्रशस्त ग¥यो, जुन उपलब्धिहरुलाई ज्याङ्ग जेमिन, हुजिन ताओ र वर्तमान राष्ट्रपति सि चिनफिङ्गले नयाँ उचाईमा उठाउन अतुलनीय योगदान पुर्याइरहेकाछन् । सि चिनफिङ्गले सत्ता सम्हालेयता माओलगायतका नेताहरुको योगदान तथा क्रान्तिका उपलब्धिलाई चिनियाँ विशेषताको मौलिक राजनीतिक कार्य्दिशाको रुपमा थप विकसित गर्दै  वेल्ट एन्ड रोड इनिसिटिभ (ओवर) कनेक्टिभिटीको व्यानरमा विश्व जगतलाई मुक्ति एवम् समृद्धिको दिशा निर्देश गरेका छन् ।

यो विश्व कम्युनिष्ट आन्दोलनको सफलताको कुँजीको रुपमा स्थापित भएको छ । यसरी आधुनिक समृद्ध समाजवादी चीन निर्माणको शृङ्खला अभेद्यरूपमा अगाडि बढिरहेको छ । यही नै आजको चीनका महान् उपलब्धि क्रान्तिकारी चिनियाँ जनता एवम् कम्युनिष्ट पार्टी र नेतृत्व माओ, चउ आनलाई, देङस्याओ पिङ, ज्याङजेमिन, हु जिन ताओ र वर्तमान राष्ट्रपति सि चिनफिङलगायतका नेतृव्यहरुको योगदानको निर्णायक संश्लेषणको परिणाम हो । यतिबेला छिमेकी राष्ट्र चीनका महामहिम राष्ट्रपति तथा चिनिया कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङको राजकीय नेपाल भ्रमण हुन गइरहेको छ । यस भ्रमणले नेपाल चीन वीचको द्विपक्षीय राजनीतिक,आर्थिक ,सामाजिक ,सांस्कृतिक तथा बहु आयामिक विकाशको थप आधारहरू निर्माण गरी नेपाललाइ  साम्राज्यवादको रणनीतिक स्वार्थ पुर्तिको अखडा हुनबाट रोक्ने छ । सि ले नेपाल जस्ता विकासशिल देशहरूसितको सम्वन्धलाइ मजवुत बनाउने र विकाश गर्ने कुरालाइ चीनको विदेश नीतिको लक्ष्य र  आधारको रूपमा लिने गर्नु हुन्छ । साथै उहाँ मैत्रिपूर्ण विश्वको निर्माणका लागि एसियन र पूर्वीय सभ्यता  सांस्कृतिक आदान प्रदानक एसियन र पूर्वीय सभ्यता  सांस्कृतिक आदान प्रदानको महत्वमा विशेष जोड दिने गर्नु हुन्छ ।

समान र सन्तुलित विश्व साझेदारी स्थापनाको लागि सबै देशहरूले मिलेर सँग सँगै काम गर्नु पर्छ, जसबाट समस्त मानव जातिको हक हित एवं कल्याण होस र पृथ्वीलाइ एउटै घरपरिवार तथा असल ठाउ बनाउनु पर्छ भन्ने मान्यता सि राख्नु हुन्छ । यसका लागि उचित सिद्धान्त बेल्ट एण्ड रोड इनिसिएटिभको कनेक्टिभिटीको अवधारणा अघि सारी ब्यवहारत कार्यान्वयनको लागि काम गर्दै पनि आउनु भएको छ । जुन कुरा विश्वलाइ सि तथा चीन सरकारले जीवन ब्यवहारमै देखाउदै आएको र नेपाल जस्ता साठी भन्दा बढी राष्ट्र यसको सदस्य बनेर सिङगो मानव सभ्यतालाइ समृद्ध बनाउन उत्साहित छ ।
कडा परिश्रमबाट मात्र देशको विकाश हुन सक्छ खोक्रो गफले देशको कुभलो  गर्छ ,जव कि कठिन परिश्रमले यसलाइ फलाउछ फुलाउछ भन्ने वीचार सि ले निरन्तर प्रवाहित गरिरहनु भएको छ । यस्ता दुरदृष्टि भएका नेता सि चिनफिङ नेपालको राजकीय भ्रमणलाइ सार्थक एवं सफल बनाउन नेपाल सरकार आवश्यक तयारीका साथ भ्रमणलाइ सफल बनाउन क्रियाशिल छ । चिनिया पक्ष पनि उत्तिकै प्राथमिकताका  साथ भ्रमण ऐतिहाँसिक बनाउन सक्रिय नै भएको पाइन्छ ।

यस अवसरमा नेपालका सबै राजनीतिक पार्टीहरू तथा शक्ति केन्द्र राष्ट्रिय भावनाबाट ओत प्रोत भइ युगौ देखिको नेपाल चीन सम्वन्ध थप मजवुत बनाइ नेपाल भारत चीन त्रिपक्षीय रणनितिक साझेदारी निर्माणमा एकतावद्ध हुनु पर्छ । यसबाट मात्र राष्ट्रिय एकता कायम भइ नेपालले आफ्नै विशिष्ठतामा मौलिक पहिचानलाइ निरन्तरता  दिइ समृद्ध नेपाल सुखी नेपालीको सङकल्प पुरा गर्न सक्छ । चिनिया सपनाका अधिवक्ता महामहिम राष्ट्रपति सि चिनफिङको आसन्न नेपाल भ्रमण सफल बनाउन सबै देशभक्त नेपाली एक जुट हौ । 

(न्यौपाने नेकपा (नेकपा) का युवा नेता हुन्)