सागरदेखि सगरमाथाको दूरी नाप्ने सीको कुटनीति के ?

सागरदेखि सगरमाथाको दूरी नाप्ने सीको कुटनीति के ?

काठमाडौ । चिनियाँ राष्ट्रपति सी जिनपिन भारतको सागरीयतटमा रहेको दक्षिणी प्रान्त तमिलनाडुको मामल्लापुरमबाट नेपालको राजधानी काठमाडौंको भ्रमण तय गराउन सीको कुटनीतिले काम गरेको छ ।

ध्वनिहीन पदचाप अगाडि बढाउने चीनको ‘साइलेन्ट पेस’ अन्तर्गत सीको कुटनीतिले गर्दा सीले नेपालको भ्रमणलाई भारतको अनौपचारिक शिखर वार्तासँग जोडेर अगाडि बढाएको कुटनीतिक वृतमा विशेष चर्चा भइरहेको छ ।

अमेरिका निकट एक कुटनीतिज्ञले नेपालमा इन्डो प्यासिफिक स्ट्रेटजीलाई समेत धराशायी बनाउने गरी ‘मामल्लापुरम टु काठमाडु’को भ्रमण प्लान गरिएको बताए ।

उनका अनुसार त्यसै पनि विश्वका मोर्चामा पाइला पछाडि गर्दै आएको अमेरिकाले नेपाललाई इन्डो प्यासिफिकमा सामेल गराउने योजना बनाएको थियो ।

नेपाल झण्डै फसिसकेको थियो तर जुनरूपमा यसअघि फसेको थियो त्यसबाट उम्किन सफल भएको देखिन्छ ।

चीनको सम्बन्ध नेपालसँग निकटतम भइरहेको छ । भारतको नाकाबन्दीका बेला चीनले नेपाललाई दिएको आड र भरोसाका कारण भारत र अमेरिका लगायतका अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरू गम्भीर बन्न पुगेको थियो ।

कतिपयले नेपाल र चीनबीचको गहिरिदो सम्बन्धले भारत र अमेरिकाको भूमिका घटने अपेक्षा गरिरहेका छन् ।

 यस विषयमा चीनले नेपाललाई सहयोग गर्न नेपाल चीन निकटतम सम्बन्धले नरोकेको जनाएको छ ।

इन्डो प्यासिफिक स्ट्रेटजीलाई डिप्लोमेसी अफ ‘मामल्लापुरम टु काठमाडु’ले ठूलो धक्का दिएको छ ।

सीको मामल्लापुरम भ्रमणका बेला जल थल र आकाशको सुरक्षा घेरा बलियो बनाइयो ।

यसबारे राष्ट्रपति सी जानकार भए ।

सुरक्षाको व्यवस्था गर्न खटिएका सुरक्षा विज्ञहरूले हिन्दमहासागरीय तटदेखि सगरमाथासम्मको आकाशलाई समेत ध्यान दिएका होलान् ।

चिनियाँ अधिनमा रहेको श्रीलंकाको एक समुद्री बन्दरगाहको सुरक्षा चिनियाँ अधिकारीहरूले गरिरहेका छन् ।

ती कुटनीतिज्ञ भन्छन् –सी र मोदीको भेट अन्तै कतै हुन सक्थ्यो तर मामल्लापुरममा सीको निर्देश अनुसार भयो ।

भारत र चीनबीचको प्राचीन सम्बन्ध र नेपाल र चीनबीचको प्राचीन सम्बन्धमा एकसाथ प्रकाश पार्ने उद्देश्यले गरिएको छ । यस्ता विषय कुटनीतिक रूपमा महत्व राख्छ ।”

चीनले नेपालमा भारत बाहेक अन्यको प्रभावशाली  भूमिकालाई राम्रो नमानेको भन्दै उनले भने “नेपालबाट अनमिनलाई समयपूर्व बाहिर पठाउन पछाडि यही कारण थियो ।”

सागरदेखि सागरमाथासम्म चिनियाँ प्रभाव प्राचीनकाल देखि रहेको दर्शाउन सी कुटनीतिक अन्तर्गत नेपालको भ्रमणलाई भारतको भ्रमणसँग जोडिएको उनको भनाइ छ ।

‘द डिप्लोम्याट पत्रिका’ले चिनियाँ प्रस्तावित बेल्ट एन्ड रोड इन्सिएटिभ र अमेरिकाको इन्डो प्यासिफिक स्टे«टजीबीच नेपाल फस्न पुगेको भनाइ पूर्णरूपमा ठीक नभएपनि आंशिकरूपमा फसेकोमा शंका गर्न नसकिने उनले जनाए ।

पटक पटक इन्डो प्यासिफिक स्ट्रेटजीमा नेपाल नभएको मन्त्री र सत्ताधारी दलका नेताहरूको भनाइबाट कतै न कतै फसेको हो भन्ने कुटनीति भाषाको बुझाइ रहेको उनले जनाए ।

साथै चीनले नेपाललाई कसरी आर्थिक सहयोग गर्न खोजेको हो र नेपालको विद्यमान भूराजनीतिक हैसियातको कसरी सम्मान गर्न खोजेको हो त्यो आगामी दिनमा प्रस्ट होला तर निसन्देह अहिले डिप्लोमेसी अफ ‘मामल्लापुरम टु काठमाडु’ले अग्रता लिएको उनले जाए ।

शुक्रबार अपराह्न भारतको भ्रमणमा गएर राष्ट्रपति सी शनिबार नेपालको भ्रमणमा आउने भएका छन् ।