जालमा पारी ब्याक्टेरिया मार्ने हावा छान्ने ‘फिल्टर’

जालमा पारी ब्याक्टेरिया मार्ने हावा छान्ने ‘फिल्टर’

काठमाडौ ।वैज्ञानिकहरूले ब्याक्टेरियालाई जालमा पारी त्यसलाई मार्ने गरी एक हावा छान्ने ‘ फिल्टर ’ विकास गरेका छन् । 

यो फिल्टरले हावाबाट ब्याक्टेरिया समात्ने र मार्ने गर्छ । यसलाई ग्राफिन फिल्टर भनिएको छ । 

यो फिल्टर अस्पताल र स्वास्थ्य सम्बन्धी सेटिङ भएका ठाउँमा जडान गरी फाइदा उठाउन सकिने जनाइएको छ ।

अमेरिकामा गरिएको एक अध्ययन अनुसार २५ बिरामीमा १ जना अस्पताल लगायतका स्वास्थ्यसम्बन्धी क्षेत्रका ब्याक्टेरियाबाट संक्रमित रहेको पाएको छ ।

हस्टनको राइस युनिभर्सिटीमा जेम्स एम टुरको अगुवाइमा रहेको टोलीले यसको विकास गरेको हो ।

यो फिल्टरमा लेजर ग्राफिन टेक्नलजिको विकास गरिएको छ ।ग्राफिन कार्बनको एक समूह हो ।

यो साह्रै नै पातलो,धेरै बलियो र विद्युत सुचालक हुन्छ ।

ग्राफिनको प्रयोग यसका अतिरिक्त औषधि बनाउनलगायत डिजिटल इलेक्ट्रोनिक्स र हवाई इन्जिनियरिङको क्षेत्रमा गरिन्छ ।