‘एसियालीे शताब्दी ’को योजना लिइ चिनियाँ राष्ट्रपति सी महाबलीपुरम जाँदै 

‘एसियालीे शताब्दी ’को योजना लिइ चिनियाँ राष्ट्रपति सी महाबलीपुरम जाँदै 

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिन ‘एसियाली शताब्दी’को योजना लिइ भारतको दक्षिणी प्रान्त तामिलनाडुको महाबलीपुरममा शुक्रबार अपराह्न पुग्ने भएका छन् ।

भारत र चीनबीच विश्वासको ठूलो घाटा रहेको र यसले यी दुई देशबीचको गहिरिएर सम्बन्धको विकासमा बाधा पारिरहेको जनाउँदै सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेशन नामक गैरसरकारी एक चिनियाँ थिंक टयांकका संस्थापक अध्यक्ष वाङ हुइयाओले यस्तो बताएका छन् ।

महाबलीपुरममा राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको अनौपचारिक शिखर सम्मेलनले दुई देशबीचमा परेको चिराहरूलाई टाल्ने काम गर्ने उनको विश्वास छ ।

डोकलाम अडान यता सी र मोदीबीचका सम्बन्धहरू निकटतर हुँदै गएका छन् ।

तर पनि यी दुई देशबीचको ‘विश्वास घाटा’ घटाउन दुबै पक्षलाई अझ धेरै काम गर्न रहेको जनाउँदै उनले चीन र भारत मिले यसले वैश्विक सुशासन र एकीकृत एसियाको नयाँ ढाँचालाई बलियो पार्न मदत मिल्ने बताए ।

उनले ‘इन्डिया, चाइना मस्ट लूक टु द फ्युचर’ भन्ने आलेखमा उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमान लगाउन नसकिने ‘अमेरिका फस्ट’ राजनीतिले भारत र चीन दुबैका नीतिकारहरू समक्ष चुनौती थपिदिएको छ ।

चीन र भारत दुबैले उदार प्रणालीबाट लाभ उठाएका छन् जसलाई ट्रम्पले चुनौती दिएका छन् ।

यो चुनौतीलाई कुनै एक देशले समाधान गर्न नसक्ने भएकाले विश्व बहुध्रुवीय हुन थालेको हो ।

पीपीपी शर्तमा आबद्ध विश्वका बाँकी अर्थतन्त्रहरू भन्दा एसियाली अर्थतन्त्र ठूलो हुन गइरहेको छ ।

१९औं शताब्दी यता यो पहिलो पटक भइरहेको छ ।

यसै परिदृश्यमा अन्र्तप्रशान्त साझेदारीका लागि बृहत तथा प्रगतिशील सम्झौता (सीपीटीपीपी) र क्षेत्रीय बृहत आर्थिक साझेदारी(आरसीइपी)सँगै एसियाली पूर्वाधार लगानी बैंक(एआईआईबी) अगाडि आएका छन् ।

‘एसियाली शताब्दी’ बनाउन चीन र भारतको भूमिका महत्वपूर्ण छ ।

यी दुई देशको जनसंख्या बराबर विश्वको ३५ प्रतिशत र यी दुईको अर्थतन्त्र विश्वको आर्थिक वृद्धको ४५ प्रतिशत रहेको छ ।

यी दुईले चाहेमा विश्वा व्यापार संगठन, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्र संघमा सुधार गर्न सक्ने छ ।

यी दुईले यस्तो भविष्यको बारेमा सोच्नु पर्ने बेला भएको उनले जनाएका छन् ।

भारतको महाबलीपुरममा अपराह्न २ः४५ बजे तिर आइपुग्ने कार्यक्रम रहेको छ ।