निवर्तमान सभामुख कुष्णबहादुर महराको स्वास्थ्यमा सुधार, अस्पताल जान किन मानेनन् ?

निवर्तमान सभामुख कुष्णबहादुर महराको स्वास्थ्यमा सुधार, अस्पताल जान किन मानेनन् ?

काठमाण्डौ, २१ असोज । यौन दुव्र्यवहारको आरोपमा पक्राउ परी सिंहदरबार प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कुष्णबहादुर महराको स्वास्थ्यमा सुधार आएको छ ।

उनलाई सुगर र प्रेसरको समस्या देखिएको हो । पहिलादेखि नै सामान्य विरामी महरा पक्राउ परेपछि थप अप्ठ्यारो महसुस गरेका थिए । उनी उपचारका लागि अस्पताल जान भने मानेका छैनन् । सार्वजनिक स्थानमा जान अप्ठ्यारो मानेपछि महराको स्वास्थ्य ख्याल गर्नका लागि हिरासत कक्षमा नै अक्सिजन, चिकित्सक र गाडी तयारी अवस्थामा राखिएको स्रोतको दावि छ ।

उनलाई बेलाबेलामा श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिइएको छ । अस्पताल जान नमाने पनि ठूलै समस्या हुन्छ कि भन्ने डरले प्रहरी अस्पतालको गाडी तैनान अवस्थामा राखिएको छ ।
पक्राउ परेपछि उनालाई भेट्न कोही पनि नेता गएका छैनन् । उनले भेट्न जाने जति सबैसँग भेट पनि गरेका छैनन् । आफूले चाहेको व्यक्तिसँग मात्रै भेट गरेको जनाइएको छ ।