मोटरसाइकलले ठक्कर दिंँदा साइकल यात्रीको मृत्यु

मोटरसाइकलले ठक्कर दिंँदा साइकल यात्रीको मृत्यु

चितवन, २१ असोज ।  चितवनमा मोटरसाइकलले ठक्कर दिंँदा एक साइकल यात्रीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नम्बर  १५ स्थित रामपुर कृिष तथा वनविश्वविद्यालयको गेट  अगाडीको  भित्री सडकमा भरतपुरबाट रामपुर तर्फ गईरहेको लु.५२ प.१९०१ नं को मोटरसाइकलले बिपरित दिशाबाट आईरहेको साईकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री गम्भिर घाइते भएका थिए ।

गम्भिर घाईते भएका उनको  चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक  भरतपुर महानगरपालिका वडा नम्बर .१० का मनोज क्षेत्री सामान्य घाईते सोही अस्पतालमा उपचारार्थ रहेका छन । मृतक साइकल यात्रीको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।