उपराष्ट्रपति पुनले लगाए बुबाबाट दशैंको टीका  

उपराष्ट्रपति पुनले लगाए बुबाबाट दशैंको टीका  

काठमाडौं, २१ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गरेका छन् ।

पुनले उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट दशैंको टीका लगाएका हुन् । उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएका थिए ।