सबै नेपालीको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मेहनतबाट समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिन्छः मुख्यमन्त्री पौडेल

सबै नेपालीको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मेहनतबाट समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिन्छः मुख्यमन्त्री पौडेल

हेटौँडा, २१ असोज । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नेपालीको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मेहनतबाट समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने बताएका छन् ।

बडादशैंँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा मंगलबार सन्देश दिँदै उनले विभिन्न चाडपर्वले नेपालीबीच एकता कायम गर्न मद्दत पुगेको बताएका हुन् ।