महराको सांसद पदको लोगो अदालतको फैसाल नहुन्जेलसम्म नखोसिने

महराको सांसद पदको लोगो अदालतको फैसाल नहुन्जेलसम्म नखोसिने

काठमाडौं, २० असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद अदालतको फैसला नहुन्जलेसम्म नखोसिने भएको छ । त्यस अवधीसम्म उनले सांसदको लोगो प्रयोग गर्न पाउने छन् ।

तर फौजदारी अभियोगमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा पाउने कुनै पनि सेवा सुविधा भने प्राप्त गर्ने छैनन्।

सत्तारुढ नेकपाले उनलाई सभामुख पदबाट राजीनामा दिन आग्रह गरे पनि सांसद पदबाट राजीनामा दिन भने दवाव दिएको छैन ।

प्रतिनिधिसभा नियमावलीको दफा २४४ को उपदफा ३ अनुसार पक्राउसँगै महराले अब सांसदको हैसियतले कुनै कार्य गर्न अधिकार तथा उन्मुक्ति प्राप्त गर्ने छैनन् भने उनले पारिश्रमिक समेत पाउने छैनन् ।