सभामुख कृष्णबहादुर महरा पक्राउ

सभामुख कृष्णबहादुर महरा पक्राउ


काठमाडौं, १९ असोज । संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो ।
प्रहरीले उनलाई निजी कारमा राखेर लगेको छ ।

सुरुमा प्रहरीले उनलाई भ्यानमा लैजान चाहेको थियो । प्रहरीले  उनी आफैैंले प्रयोग गर्ने  बा १८ च ४०० नम्बरको निजी गाडीमा लगेको हो । 

उनलाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने प्रहरीले जनाएकोछ । उनलाई आइतबार पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
संसद सचिवालयकी र्कचार िरोशनी शहीलाई कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।