तरकारीको मूल्यमा भारी वृद्धि

तरकारीको मूल्यमा भारी वृद्धि

काठमाण्डौ, १९ असोज । दशैँमा तरकारीको मूल्यमा भारी वृद्धि भएको । मूलय बृद्धि भएपछि उपभोक्ताहरुले गुनासो गरेका छन् ।

अष्टमीको दिन काठमाण्डौको कालीमाटी फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य आकासिएको भन्दै अक्रोश व्यक्त गरेका हुन् । । दशैँमा आवागमन ठप्प भएपछि व्यापारीहरुले काठमाण्डौमा तरकारीको मूल्य ह्वात्तै बढाएको पाइएको छ । दशैँमा आवागमनको काम ठप्प भएपछि तरकारीको मूल्यमा अचानक वृद्धि भएको हो । 

कालीमाटी तरकारी होलसेल बजारमा लसुनको प्रतिकेजी मूल्य एक सय २० रुपैयाँ रहेको छ । बाहिर अन्य पसलहरुमा लसुनको मूल्य व्यापारीहरुले प्रतिकेजी एक सय ६० सम्म पुर्याएका छन् । 
त्यसैगरी अदुवाको मूल्य पनि प्रतिकेजी दुई सय ४० रुपैयाँ पुर्याइएको छ । कालीमाटी होलसेल बजारमा खुर्सानी प्रतिकेजी तीन सय ८० रुपैयाँमा बिक्री गरिएको छ भने बजारमा चार सय रुपैयाँसम्ममा बिक्री गरिएको छ ।


विशेषगरी दशैँमा सवारी साधन नचलेपछि तरकारीको आपूर्तिमा कमी आउँदा तरकारीको मूल्य आकासिएको हो । यता, सरकारले बजार अनुगमनको काममा उपस्थिति देखाउन नसक्दा पनि तरकारी, फलफूलसहित दशैँका लागि उपभोक्तालाई अति आवश्यक पर्ने वस्तुहरुको मूल्य एकाएक बढाइएको हो 


दैनिक उपभोग्य र आवश्यक वस्तुको मूल्य बढ्दा यस वर्षको दशैँमा मारमा परेको उपभोक्ताको गुनासो छ ।