थाईल्यान्डका न्यायाधीशद्वारा अदालतभित्र आफैँलाई गोली प्रहार

थाईल्यान्डका न्यायाधीशद्वारा अदालतभित्र आफैँलाई गोली प्रहार

थाईल्यान्डका एक न्यायाधीशले देशको न्यायिक प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै अदालतभित्र आफैँलाई गोली हानेका छन् ।

शुक्रवार एउटा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश कनिकन फिएन्चनाले पाँच मुस्लिम पुरुषहरूलाई सफाइ दिएका थिए ।

न्यायपालिका निष्पक्ष हुनुपर्ने भन्दै न्यायिक शपथ वाचन गरेका ती न्यायाधीशले अकस्मात् पेस्तोल निकालेर आफ्नो छातीमा गोली हानेका थिए ।
तर ती न्यायाधीशको ज्यान भने जोगिएकोछ । उनी अहिले एउटा अस्पतालमा उपचाररत छन् । 

आफ्नो निर्णय सुनाउनुअघि लेखिएको भन्ठानिएको एउटा विज्ञप्तिले ती न्यायाधीशले आत्महत्या गर्न खोज्नुको कारण उक्त मुद्दामा बाह्य हस्तक्षेप भएको हुन सक्ने सङ्केत पाइएको छ । एजेन्सी ।