सेना, प्रहरी र सशस्त्रले निःशुल्क बस सेवा प्रदान गर्ने

सेना, प्रहरी र सशस्त्रले निःशुल्क बस सेवा प्रदान गर्ने

काठमाडौं, १९ असोज । दशैंको अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरलिे सर्वसाधारण जनताका लागि निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ ।
यो सेवा काठमाडौं उपत्यकामा प्रदान गर्न लागिएको हो ।

महाअष्टमी, महानवमी र विजयादशमीको दिन नेपाल प्रहरीले निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो । त्यसैगरी नेपाली सेनाले भने दशैँको टिकाको दिन निःशुल्क सेवा उपलब्ध गर्ने जनाएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार दुई वटा रुटमा प्रहरीको बस सञ्चालन हुनेछ । ती बस बिहान ११ बजेदेखि ४ बजे सम्म चल्नेछन् ।