छोटो पहिरिनमा चर्चा भएपनि साम्राज्ञीका फिल्म फ्लप !

छोटो पहिरिनमा चर्चा भएपनि साम्राज्ञीका फिल्म फ्लप !

काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय कमजोर हुँदा उनको चलचित्र एकपछि अर्को गर्दै फ्ल्प हुन पुगेका छन् । चलचित्र आउनुभन्दा अघि उनको सुन्दरता र फेशन, र हर्कतको व्यापक चर्चा भएपनि उनले अभिनय गरेका चलचित्र डुब्दा साम्राज्ञीको क्रेज घट्न पुगेको छ ।

पछिल्लो पटक साम्रज्ञी नायिका रहेको चलचित्र रातो टीका निधारमा फ्ल्प भएको छ । चलचित्रमा साम्राज्ञीले १६ लाख पारिश्रमिक लिएको चर्चा चल्यो । तर, चलचित्रले १६ लाख पनि कमाउन नसक्ने अवस्था बनेको छ ।
साम्राज्ञीको चलचित्र फ्ल्प भएपनि उनले पारिश्रमिक बढाएको बढायै छिन् । अब २० लाख घटी चलचित्र नखेल्ने उनी बताउँछिन । यसकारण चलचित्र क्षेत्रका हस्तीहरु चिढिएका छन् ।

निर्माता र निर्देशकहरुले साम्राज्ञीलाई लिन छाडेका छन् । 
चलचित्रमा अभिनयका कारण भन्दा साम्राज्ञी छोटो पहिरनले चर्चामा आइरहेकी छिन् । उनी सुटिङमा बखत स्वीमसुट लगाएर तस्बिर खिच्दै सामाजिक सञ्जालमा पोष्ट गर्दै चर्चामा आइरहने रणनीति अपनाउँछिन् ।