महराले फिर्ता गरे सुरक्षाकर्मी र सरकारी सुविधा

महराले फिर्ता गरे सुरक्षाकर्मी र सरकारी सुविधा

काठमाडौं, १६ असोज । संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् ।

बिहीबारबाटै महराले आफुले लिँदै आएको सुरक्षाकर्मी र सरकारी गाडी फिर्ता गरेका हुन् । महराले आफु चढ्दै आएको गाडी संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएका छन् ।

उनको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए ।