त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस, भगवान पहिलो नम्बरमा 

त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस, भगवान पहिलो नम्बरमा 

काठमाडौं, १७ असोज । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डा. भगवान कोइरालासहित तीनजनाको नाम सिफारिस भएको छ । सरकारद्वारा गठित समितिले डा. कोइरालासहित डा. धर्मकान्त बास्कोटा र डा. चन्द्रमणि पौडेलको नाम सिफासिर गरेको हो । 

गत भदौ ५ गते तीर्थ खनियाँको समयावधि सकिएपछि सरकारले शिक्षामन्त्री गिरीराजमणि पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

तीनमध्येकै एकलाई सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नेछ । त्रिवि उपकुलपति हुन एक दर्जन बढीले आकांक्षा देखाएका थिए ।

सिफासिर गरिएका कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् भने बास्कोटा नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष हुन् । उनले हालैमात्र अवकास पाएका छन् ।
पौडेल त्रिविकै पूर्वरजिष्ट्रार हुन् । 

यसअघि निमित्त उपकुलपतिको जिम्मेवारी पाएकी सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।