ललितपुरमा ‘पर्यटकीय सूचना केन्द्र’ स्थापना हुन्छः पम्फा भुसाल

ललितपुरमा ‘पर्यटकीय सूचना केन्द्र’ स्थापना हुन्छः पम्फा भुसाल

काठमाण्डौ, १६ असोज । सत्तारुढ नेकपाकी सांसद पम्फा भुसालले ललितपुरमा ‘पर्यटकीय सूचना केन्द्र’ स्थापना गर्ने बताएकी छिन् । 

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका सांसद समेत रहेकी भुसालले ललितपुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ त्यहाँका मंगलबजारलगायतका पर्यटकीय स्थलहरु पर्यटकीय सूचना केन्द्र स्थापना गर्न लागिएको बताइन् ।

सांसद भुसालले ‘सांसद विकास कोष पूर्वाधार योजना’ सार्वजनिक गर्दै ललितपुरलाई समृद्ध बनाउने मुख्य उद्देश्यसहित आफूले योजना छनौट गरिएको बताइन् । उनले स्थानीय उपभोक्ता समिति बनाएर सो कोषको खर्च हुने भएकाले त्यसमा सांसदहरुको कूनै भूमिका नहुने स्पष्ट पारिन् ।