सुनको मूल्य फेरी बढ्यो, तोलाको ७० हजार ९ सय पुग्यो

सुनको मूल्य फेरी बढ्यो, तोलाको ७० हजार ९ सय पुग्यो

विहिबार सुनको मूल्य बुधबारको तुलनामा तोलामा हजार रुपैयाँ बढेको छ । बुधबार ६९ हजार ८ सय रहेको सुन आज बढेर ७० हजार ९ सय पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको । पछिल्लो समय घट्न थालेको सुनको मूल्य मंगलबार देखि बढ्न थालेको हो । मंगलबार प्रतितोला सुन ६९ हजार २ सयमा पुगेको थियो ।

यसरी बढ्नुपर्ने कारण भने आन्तरिक नभएर अन्तराष्ट्रिय कारण हो । अन्तराष्ट्रिय बजारमै सुनको भाउ बढेकोले नेपालमा सुनको भाउ बढ्न पुगेको हो । उत्तर कोरियाले पनडुवीबाट समुन्द्रमा मिसाइल परीक्षण गरेसँगै फेरी अमेरिका उत्तर कोरियाको तनाब उत्पन्न हुने परिस्थितिको कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्न पुगेको हो । 

यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुनको मूल्य ७० हजार ६ सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ । बुधबार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ८ सय ५० रुपैयाँ प्रतितोला पुगेको हो ।

अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सयको पुगेको छ । दुई दिन अघि १४ सय ४० अमेरिकी डलरको रहेको सुनको अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढीरहेको छ । त्यसको असर नेपाली सुन बजारमा पनि देखिएको हो ।