महरालाई संसदबाट पनि राजीनामा दिन नेकपाको सुझाव

महरालाई संसदबाट पनि राजीनामा दिन नेकपाको सुझाव

काठमाडौं, १४ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख कृष्णबहादुर महराले सांसद पदबाट पनि राजीनामा दिन सुझाएको छ ।

मंगलबार बसेको नेकपा सचिवालय बैठकले महराले सभामुख र संसद दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुर्पे निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

प्रवक्ता श्रेष्ठले भने, केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख कृष्णबहादुर महराले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाटै राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनु पर्दछ भन्ने निर्णय गरेको छ ।’

उनी दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित हुन् । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले उनीमाथि यौन आरोप लगाएकी छिन् ।