यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले दिए राजीनामा (पत्रसहित)

यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले दिए राजीनामा (पत्रसहित)

काठमाण्डौ, १४ असोज । संघीय संसदका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महराले मंगलबार राजीनामा दिएका हुन् ।

नेकपा सचिवालय बैठकले सभामुखलाई राजीनामा दिन सुझाव दिएपछि महराले राजीनामा दिएका हुन् । यसअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच यस विषयमा छलफल भएको थियो । महरालले प्रधानमन्त्री ओली समक्ष आफुले मार्ग प्रसस्त गरिदिने बताएको स्रोतले जनायो । 

सभामुख महराले आफूमाथि लागेको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भन्दै नैतिकताका आधारमा उपसभामुखसमक्ष राजीनामा दिएका हन् ।