सभामुख महरालाई आरोप लगाउने महिला ज्ञानेन्द्र शाहीको आफन्त

सभामुख महरालाई आरोप लगाउने महिला ज्ञानेन्द्र शाहीको आफन्त

काठमाडौं, १४ असोज । संसदमा बहस गराउने सभामुख कृष्णबहादुर महरा अहिले आफैंँ बहसको केन्द्रमा छन् । उनलाई एक महिलाले बलात्कारको आरोप लगाएकी छिन् । 

महराबाट बलात्कार भयो र भएन भन्ने तीब्र बहस छ । महराको शालिन र सार्वजनिक व्यत्तित्व र उनको उमेरले यो होइन भन्ने एकाथरीको मत छ । अर्काथरी भन्छन्, कृष्णबहादुर महरा पनि मान्छे हुन् उनमा पनि सिमा र कमजोरी छन् । जीवन संगिनी लामो समयदेखि बिरामी भएकाले उनको यो घटना भएको पनि हुन सक्छ । तर अहिले जहाँबाट, जुन व्यक्तिबाट यो वियष ल्याइयो त्यो भने गम्भिर प्रकृतिको छ । कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाउने महिला विवादित व्यक्तित्व ज्ञानेन्द्र शाहीको आफन्त हुन् । शाही चितवनमा कुटिएपछि उनी र उनका आफन्तहरुलाई तवान हुने र बदला लिने मनसाय हुन सक्छ । 

कृष्णबहादुर महरा त्यही बदलाको सिकार भएका हुन सक्छन् । महरालाई अभियोग लगाउने महिला लामो समयदेखि महराले चिने जानेकी हुन् । ती महिलालाई महराले नै विवाह गराइदिएको चर्चा पनि छ । कर्मचारी समायोजनमा महराले साथ नदिएको कारण ती महिला उत्तेजित भएर सो कार्य गरेका हुन सक्छ ।

सबै भन्दा महत्वपूर्ण कुरा महरालाले इण्डो प्यासिफिकमा अडान लिएका थिए । त्यो मुद्धामा सांसदहरु पम्फा भुसाल, देव गुरुङ सँगै थिए । नेपाली काँग्रेसका सांसद गगन थापाहरुको पहलमा यो घटना बाहिर आउनुले पनि यसले धेरै ठुलो सन्देह पैदा गरेको रुपमा हेरिन्छ । 

सभामुखका बारेमा प्रश्नहरु उठेपछि यसको छाविन गर्ने र तथ्य सत्य पत्ता लाग्नु पर्छ । यसमा सभामुखबाट पनि सहयोग हुन जरुरी छ । तर कतिपय सामान्य मानवीय कमजोरीलाई तीलको ताड बनाएर राजनीतिको रोटी सेक्ने गगन थापाहरुको मक्सद हो भने त्यसले राजनीतिलाई सङ्लो भन्दा पनि धमिलो र किचलोतिर लैजान्छ ।

यस्ता स्क्यान्डलहरु दिनदिनै खोज्ने र पटाक्षप हुदै जाने छन् । क्षुद्रान्वेषी तरिकाले राजनीति र समाज कसैलाई पनि भलो गर्दैन । यसो भनेर गल्ती गर्नेहरु बच्चु पर्छ भन्ने होइन । समय, पात्र र घटना जाहाँबाट सर्वजनिक भयो त्यसले के गर्न खाज्दैछ भन्ने मुख्य विषय हो ।