छालामा वस्तु टाँसिने अचम्मका मानिस

छालामा वस्तु टाँसिने अचम्मका मानिस

तपाईँको छालामा कुनै वस्तु टाँसिन्छ ? हेर्नुस त । टाँसिदैन होला । छाला विशिष्ट प्रकारको हुनुपर्छ । सामान्यरूपका छालामा वस्तु टाँसिदैन । तर वास्तविक जीवनमै ‘एक्स मेन’को उपनाम पाएका जेमी कीटोनको छाला भने रहस्यमयी छ । उनको छालामा कुनै पनि वस्तुलाई टाँसिने गरेको छ । टाउकोमा बियर क्यान टाँसिन सक्ने देखिएपछि वरिपरिका मानिसहरु छक्क परेका छन् ।

टाउकोमा बोतल टाँसेर मदिरा निकालेको फोटोमा देखिन्छ । सिकागोमा एक अन्तर्वार्ताका क्रममा किटोनले टाउकोमा बोतल टाँसेर पानी निकालेको देखाएका थिए ।

उनको यो कार्यले उनको नाम गिनिजबुक वल्र्डमा रेकर्ड गरिएको छ । चिकित्सहरूले उनको छालाका क्षिद्रहरूले ‘चुस्ने’(सक्सन)को काम गरेकाले वस्तु टाँसिन थालेको बताएको उनले जनाए । यसका साथै उनको शरीरको तापक्रम सामान्य मानिसको तुलनामा धेरै भएकाले उनको छालालाई सक्सन बनाउँछ ।

उनको छालाको यो गुण उनलाई ७ वर्षको उमेरमा थाहा भयो । ४७ वर्षीय किटोनका छालामा उनका खेलौना टाँसिन पुगेको थियो । (एजेन्सीको सयोगमा)