विवाह गरेको चार महिनामै नायीका बिनिता बराल आमा बन्दै !

विवाह गरेको चार महिनामै नायीका बिनिता बराल आमा बन्दै !

काठमाडौं । नायिका बिनिता बराल विवाह गरेको चार महिनामै आमा बन्ने भएकी छिन् । उनले सामाजिक सञ्जालमा आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । सरप्राइज भन्दै बिनिताले तस्बिर समेत शेयर गरेकी छिन् ।

चपली गर्लको नामले चर्चित बिनिता बराल हाल अमेरिकामा छिन् । गत जेठको दोस्रो हप्ता बिनिताले तिलक पौडेलसँग अमेरिका मा नै बिबाह गरेकी थिइन् । उनले ‘लिटिल बिनिता’ आउँदैछिन् भनेर जानकारी समेत गराएकी छिन् ।
नायिका विनिता बराल केही बर्षअघि अध्ययनका लागि भन्दै अमेरिका गएकी थिइन् ।