रोल्पामा बस दुर्घटना हुँदा दुईको ज्यान गयो

रोल्पामा बस दुर्घटना हुँदा दुईको ज्यान गयो

रोल्पा, १३ असोज । जिल्लाको सुनिल स्मृति गाउँपालिका–३, रुइनिबाङमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

सोमबार रुइनिबाङ बजारको जीप पार्कमा फर्काउने क्रममा ब्याक गर्दा आर्शीवाद यातायात प्रा.लि.को ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको हो ।

दुर्घटनामा लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय यात्रु सूर्यलाल जीएमको घटनास्थलमै ज्यान गएको जनाइएको छ ।

रुइनिबाङबाट लुङ्ग्री गाउँपालिकाको सिर्पका लागि छुट्ने तयारीमा रहेको बस यात्रु लिन जाने क्रममा ब्याक गर्दा खोलामा खसेको प्रहरीले जनाएको छ ।