ओलीले सहजै नेतृत्व देलान जस्तै छैन

ओलीले सहजै नेतृत्व देलान जस्तै छैन

काठमाडौ । प्रतिस्पर्धी व्यवहारमा देखिएका दुई नेताबीचको एकीकरण पछि बनेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्वको जिम्मेवारी अर्का अध्यक्ष प्रचण्डलाई दिने जनअपेक्षा रहेको बेला यो त्यति सहज नभएको पार्टीका नेताहरूको भनाइ रहेको छ ।

प्रचण्डले पार्टी एकीकरण गरी दुई तिहाइ बहुमतको प्रधानमन्त्रीको रूपमा ओलीलाई बनाउन सहयोग गरेकोमा शंका नभए पनि यी दुई शीर्ष नेताबीचको विश्वासको खाडल पुरिएको देखिएको छैन् ।

ओलीले पार्टीमा र सरकार दुबैमा शासनको डोरी आफ्नै हातमा राख्ने मनोदशामा रहेको पार्टीका नेताहरूको बुझाइ छ ।

तर प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले  पार्टी एकीकरणका सबै कार्य पूरा हुन बाँकी रहेकोले यस विषयमा खासै पहल अगाडि नबढेको बताए ।

स्वास्थ्यको कारण प्रधानमन्त्री ओली सिंगापुर जान अघि धेरैले अब पार्टीको नेतृत्वको जिम्मा प्रचण्डलाई सुम्पन सक्ने अपेक्षा गरेका थिए ।

तर उनले सिंगापुरमा पार्टीका नेता बामदेव गौतम  र विष्णु पौडेलसँग भेंटघाट गरे । यो भेंटघाटले ओलीले सहजै प्रचण्डलाई नेतृत्व सम्पनेमा आंशका पैदा गरायो ।

स्वास्थ्यका कारण ओलीले दुबै जिम्मेवारी पूरा गर्न नसकेको भनिरहन नपर्ने विषय हो ।

पार्टीको गतिविधि सरकारलाई सघाउने गरी अघि बढिरहेको छैन् ।

स्थानीयतहमा पार्टी नेतृत्वको पहुँच जुनरूपमा हुनुपर्ने हो त्यसरूपमा हुन सकिरहेको छैन् ।

त्यसैले सरकार विरोधी र पार्टी गतिविधि तीव्र बनिरहेका पार्टी नेताहरूको बुझाइ छ ।

पार्टीका नेता घनश्याम भुसालले सार्वजनिक गर्दै आएका धारणा अनुसार  पार्टी कमिटीको समन्वय बिना सरकार चलाउन प्रधानमन्त्री ओलीलाई गाह्रो हुने बुझेका छन् ।

दहाल निकट नेताहरूका अनुसार ओलीले सरकार र प्रचण्डले पार्टी हाँक्नु पर्ने जिम्मेवारीको बाँडफाँड गरी अघि बढनु पर्ने आवश्यकता छ ।

पार्टी नेता देवेन्द्र पौडेलले जनाए अनुसार सबै अधिकार प्रचण्डलाई नदिए पनि पार्टी भित्र उनको कार्यको सुनिश्चितता तोक्नु पर्ने आवश्यकता छ ।

स्थायी समिति सदस्य पम्फा भुसालले जनाए अनुसार ओलीले प्रचण्डलाई पार्टी चलाउन जिम्मेवारी दिँदा सरकार चलाउन सहज नहुने बुझेकाले जिम्मेवारी देलान जस्तो छैन् ।

तुलनात्मकरूपमा पम्फा भन्दा बढी नजिकबाट चिनेका घनश्याम भुसालले जनाए अनुसार चरित्रगत हिसाबमा ओलीका बारेमा पूर्वानुमान गर्न  गाह्रो प्रकृतिका नेता हुन् आफूलाई लाभ हुने सुनिश्चित नभएसम्म जिम्मेवारी देलान जस्तो छैन् ।