बैंक ह्याकिङ प्रकरणः कृषि विकास बैंकका अधिकृत सुनिलकुमार झा पक्राउ

बैंक ह्याकिङ प्रकरणः कृषि विकास बैंकका अधिकृत सुनिलकुमार झा पक्राउ

काठमाडौं, १२ असोज । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा सोही बैंकको लहान शाखाका अधिकृत सुनिलकुमार झा पक्राउ परेका छन् । प्रहरीका अनुसार ह्याकर समूहले झाकै युजरनेम र पासवर्ड प्रयोग गरेको पाइएपछि उनलाई बैंकले समेत निलम्बन गरिसकेको बताइएको छ । 

उनी लहानबाटै पक्राउ परेका हुन् । 

झाको कम्प्युटर नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ । कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर ह्याकरले २२ जनालाई रकम ट्रान्सफर गरेको खुलेको थियो । ह्याकरले कृषि विकास बैंकमा खाता रहेका २२ जनालाई रकम पठाएको अनुसन्धानका क्रममा खुलेको छ ।