'रातो टिका निधारमा' प्रदर्शन

'रातो टिका निधारमा' प्रदर्शन

काठमाडौं, १० असोज ।  शुक्रबारदेखि चलचित्र रातो टिका निधारमा प्रदर्शनमा आएको छ । यस चलचित्रको निर्माण तथा निर्देशन अशोक शर्माले गरेका हुन् ।

यसै चलचित्रबाट अशोक शर्माका छोरा अंकित शर्माले पनि अभिनेताका रुपमा डेब्यू गर्दै छन् । अंकितको जोडीको रुपमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई प्रस्तुत गरिएको छ । अंकित यस अघिको चलचित्र जय भोलेमा निर्माताका रुपमा थिए ।

उनले जयभोलेमा सहायक निर्देशकका रुपमा समेत काम गरेका थिए । चलचित्र ‘रातो टिका निधारमा’मा  अभिनेत्री नीता ढुंगाना, रवीन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको अभिनय रहेको छ ।