चीन टुक्रा टुक्रा भए विश्वका लागि महाविनास निम्तिने

चीन टुक्रा टुक्रा भए विश्वका लागि महाविनास निम्तिने

काठमाडौ  चीनमा बलियो र एकीकृत नेतृत्व नभए चीन टुक्रा टुक्रा हुने चेतावनी सत्ताधारी पार्टीद्वारा सार्वजनिक गरिएको छ ।

७० औं जनगणको स्थापना दिवसको अवसरमा जारी सरकारी नीति पत्रमा यस्तो उल्लेख गरिएको छ ।

त्यो पत्रमा भनिएको छ “ चीनलाई बलियो एकीकृत नेतृत्वको कम्युनिस्ट पार्टीको आवश्यकता छ वा देश टुक्रा टुक्रा हुनेछ ।”

त्यो सरकारी श्वेतपत्रमा भनिएको छ –“ चीन एक विशाल देश हो । यहाँ जटिल राष्ट्रियताहरू छन्  र यसका सुशासनसम्बन्धी कठिना कतै नभएको छ ।यस्तोमा एकीकृत एवं बलियो नेतृत्व शक्ति बिना चीन विभाजन र टुक्रा टुक्रा हुने जसले विश्वमा महाविनास निम्त्याउनेछ ।”

सन् २०१२को अन्त्यतिर सत्ता सम्हालेका राष्ट्रपति सी जिनपिनले  पार्टी र सत्तामा बलियो पकड कायम गर्दै गएका छन् ।

सीले सेनाको आधुनिकीकरण कार्यक्रमलाई अगाडि बढाएका छन् ।  नीति पत्रमा भनिएको छ “ चीनले विकासको आफ्नो मोडल अन्यत्र कतै निर्यात गर्न चाहँदैन नत कुनै विदेशी मोडल आयात गर्न चाहन्छ ।  

चीनलाई ठूला शक्तिहरूले तर्साउँदै आएको युद्ध थोपदै आएको र दुखपीडा दिँदै आएको भएपनि चीनले आफूले सहेको पीडा अन्य देशका जनतामा थोपर्न चाहदैन् । ”

आफ्नो मुख्य व्यापारहितको विरूद्ध कुनै सम्झौता नगर्ने र सुरक्षा र सार्वभौमिकताको सवालमा कसैसँग सम्झौता नगर्ने भनिएको छ । समस्याको समाधानका लागि व्यापार युद्ध उचित नभएपनि यसबाट चीन कमजोर नहुने जनाइएको छ ।

अमेरिकाले चीनको विकासलाई विवेकसम्मत ढंगले हेनुपर्ने  चीनले अमेरिकाको हैसियतलाई चुनौती दिने कुनै मनसाय नराखेको समेत उल्लेख गरेको छ ।

अमेरिकाले चीनलाई नियन्त्रण गर्न सक्दैन । अरूलाई तर्साएर , आर्थिक नाकाबन्दी लगाएर अमेरिका आफूलाई बलियो बनाएर राख्न नसक्ने समेत उल्लेख गरिएको छ ।