साउदी अरबले पहिलो पटक ‘टुरिस्ट भिसा ’ल्यायो

  साउदी अरबले पहिलो पटक ‘टुरिस्ट भिसा ’ल्यायो

काठमाडौ । साउदी अरबले पर्यटकहरूलाई तान्न पहिलो पटक ‘टुरिस्ट भिसा’को प्रावधानलाई अगाडि बढाएको छ ।

त्यहाँको सरकारले अर्थतन्त्रलाई तेलमाथिको परनिर्भरता हटाउन विभिन्न किसिमका पुराना व्यवहारमा परिवर्तन गर्दै लग्ने क्रममा यो ‘टुरिस्ट भिसा’को व्यवस्था गरेको हो ।

सन् २०२०सम्म अर्थतन्त्रको रूपान्तरण गर्ने त्यहाँका युवराज मोहम्मद बिन सलमानको दृष्टिकोणको चुरो परिवर्तन मध्येको एक पर्यटन व्यवसायको शुरूवात गर्नु रहेको छ ।

साउदी अरबको तेल प्रशोधनकेन्द्रमा भएको ध्वंसकारी आक्रमण भएको दुई साता पछि यो घोषणा सार्वजनिक भएको हो । त्यो आक्रमणको आरोप अमेरिकाले इरानमाथि थोपरेको छ ।

४९ देशका पर्यटकहरूका लागि यो टुरिस्ट भिसा खुला गरेको हो ।

विश्वभरका मुसलमानहरूको सबैभन्दा महत्वपूर्ण तीर्थस्थल मक्का मदिना साउदी अरबमै रहेको छ ।