अन्धविश्वास र मानसिक स्वास्थ्यबीच सम्बन्ध छ र ?

अन्धविश्वास र मानसिक स्वास्थ्यबीच सम्बन्ध छ र ?

काठमाडौ । अन्धविश्वासको प्रभाव विश्वभर रहेको पाइन्छ ।

१३ नम्बर दुर्भाग्यसूचक हुन्छ भन्ने अन्धविश्वासका कारण कतिपय होटलमा यो नम्बरको कोठा नै हुँदैन् वा भएपनि यो प्रयोगमा ल्याइदैन् ।

ठूला ठूला भवनहरूमा १३औं तल्लालाई उल्लेख नै गरिदैन् । बिरालोले बाटो काटे दुर्भाग्य हुने अन्धविश्वासका कारण चालकले गाडी नबढाउने गरेको व्यवहार सहजै पाइन्छ । यस्ता अन्धविश्वास र मानसिक स्वास्थ्यबीचको सम्बन्धबारे यहाँ चर्चा गर्न खोजिएको हो ।

विकसित देशको रूपमा चिनिएको अमेरिकाका ८० प्रतिशत भवनमा १३औं तला हुँदैन् ।१३औं नम्बरको गेट हुँदैनन् ।

अमेरिकाको एक चौथाइ युवा अन्धविश्वासमा विश्वास गर्छन् । अमेरिकाका ७० प्रतिशत विद्यार्थी ‘गुड लक’मा विश्वास गरी परीक्षामा राम्रो नतिजा आउने विश्वास गर्छन् ।

कम्युनिस्ट मुलुक चीनका करोडौं मानिस रातो र ८ नम्बरले उनीहरूको जीवनमा समृद्धि र खुशी ल्याउने विश्वास गर्छन् ।

अन्धविश्वास र एक प्रकारको मानसिक रोग (अब्सेसिभ कम्पलसिभ डिजर्डर)बीच एक जटिलप्रकारको सम्बन्ध रहेको पाइन्छ ।

मानिसहरूमा कहिलेकाहीँ पटक दोहरिने व्यवहार उनीहरूको मानसिकरूपमा गम्भीर रोगको लक्षण दर्शाउँछ ।यस्तो रोगमा अब्सेसिभ कम्पलसिभ डिजर्डर पनि हो ।

अन्धविश्वास मानिसद्वारा दोह¥याइने व्यवहार हो । बढी भन्दा बढी हात धुनु, पवित्र स्नान गर्नु, पटक पटक चेकजाँच गर्नु ,मानसिक क्रियाकलाप दोह¥याउनु जस्ता व्यवहार हुन सक्छन् ।

अन्धविश्वास र अब्सेसिभ कम्पलसिभ डिजर्डरबीचको भेद पाउन गाह्रो विषय हो । हानीबाट छुटकारा पाउन धार्मिक व्यवहार गर्ने विधि अनिश्चित अवस्थामा नियन्त्रण कायम गर्ने कुलत भएको कतिपय अनुसन्धानकर्ताहरूको बुझाइ छ ।

तर मानसिक शान्तिका लागि चिन्ताबाट मुक्तिका लागि यस्ता अन्धविश्वासपूर्ण व्यवहारलाई निरन्तरता दिने गरिन्छ ।

चिकित्सहरूले अन्धविश्वास र अब्सेसिभ डिजर्डरबीचको मसिनो विषयलाई खोजेर उपचार गर्छन् । 

यति निश्चित हुन्छ अन्धविश्वास र मानसिक रोगबीच सम्बन्ध हुन्छ ।