पञ्चायतविरोधी आन्दोलनपछि धेरै परिवर्तनको अपेक्षा राखे पनि अवस्था उस्तैः प्रचण्ड

पञ्चायतविरोधी आन्दोलनपछि धेरै परिवर्तनको अपेक्षा राखे पनि अवस्था उस्तैः प्रचण्ड

काठमाडौं, ९ असोज । सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पञ्चायतविरोधी आन्दोलनपछि धेरै परिवर्तनको अपेक्षा राखे पनि अवस्था भने नबदलिएको बताएका छन् ।  जनता र सरकार दुबैले परिवर्तनको चाहना राखे पनि कतिपय कुराले राणाशाही जस्तै भएको भन्दै त्यस्तो परिस्थितिलाई अन्त्य गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा इन्भेष्टमेन्ट समिटमा उनले आन्दोलनपछिका नेताहरु राणा शासनका हाकिम र बडाहाकिम जस्तै हुने गरेको बताए ।

अध्यक्ष प्रचण्डले राणा शाहीविरूद्ध आन्दोलनदेखि अहिलेसम्म नेपाली नेताहरुमा एक किसिमको विचित्र द्विधा र परिघटना देखिएको बताए । उनले भने ‘जनता, पार्टी, नेता कार्यकर्ताहरूले आन्दोलन गर्ने राजनीतिक परिवर्तनका ठूल्ठूला घोषणा गर्ने तर केही वर्षपछि नेताहरूलाई पूरानो संरचनाहरूले विस्तारै भुत्ते बनाउँदै लैजाने गरेका छन्’ ।