वामदेवलाई घात

वामदेवलाई घात

साइँला भाइ

कत्रा कत्रा देवादीदेवलाई घात हुन्छ भने लोकल देवादीदेवलाई पनि घात हुनु स्वभाविक नै हो । भारत जस्तो ठूलो लोकतन्त्र भएको मुलुकमा त घात हुन्छ भने हाम्रो जस्तो शिशु गनतन्त्रमा घात नहुने कुरै भएन ।

केही वर्ष अघिको कुरो हो । भारतको लोकतन्त्रले योगी रामदेवलाई समेत झ्याँइकुटी पारेको थियो । विचरा रामदेव धोती न टोपी बोकेर भाग्दा पनि धर पाएनन् । यतिखेर बामदेवलाई यस्तै घात शृङ्खला चलेको छ । वर्दियामा चुनाउमा अन्तरघात गरेर हराएको केही महिना पनि वितेको थिएन । रामवीर मानन्धर लगाएर अर्को घात गर्न खोजेका थिए । यतिमात्र होइन देशका विभिन्न निर्वाचन क्षेत्रबाट घात गर्न एकएक धराप विछ्याइएको थियो ।

पछिल्लो पटक कास्कीको चुनाउमा धराप थापेर मेरो हुर्मत लिने चाल चलिएको थियो । तर, मैले बेलैमा कुरो बुझेर धराप हटाइ दिएको छु । अव त्यो धरापमा जो सुकै फाल हान्न जावोस मलाई चासो छैन । कुरो भनेरभन्दाखेरी तेती । समयबद्ध साप्ताहिकबाट