अमेरिकी डलर एसियाको समस्या

अमेरिकी डलर एसियाको समस्या

काठमाडौ । पाँच दशक अघि अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनका अर्थमन्त्री जोन कोन्नालीले अमेरिकी डलर हाम्रो मुद्रा हो तर समस्या तिम्रो भनी दिएको चेतावनी अहिले उदीयमान अर्थतन्त्रहरूको विरूद्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी डलरलाई हतियार बनाउन थालेपछि त्यो पुष्टि हुन थालेको विज्ञहरूको भनाइ रहेको छ ।

वित्तीय संकटयता उदीयमान देशहरूले आफ्ना अर्थतन्त्रको रक्षा गर्न अमेरिकी डलर प्राप्त गर्न समस्या भोगे । त्यसको केही महिना पछि अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले परिमाणात्मक सहुलियत दिन शुरू गरेपछि अमेरिकी डलर अर्थतन्त्रहरूमा पुग्न थाल्यो ।

यसको केही वर्ष पछि फेडरल रिजर्भले परिमाणात्मक सहुलियत बन्द गर्न लागेको छ । यसले विश्वको धेरै अर्थतन्त्रका अमेरिकी डलरको प्रसारमा समस्या उत्पन्न गराउँछ ।

अर्जेन्टिनाकै कुरा गर्दा त्यहाँ मुद्रा संकट पूर्णाकारमा फैलिएको देखिन्छ ।

वित्तीय संकट यताको अवस्थामा हुनुपर्ने अपेक्षित सुधार भएको छैन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी डलरलाई हतियार बनाउने चेतावनी दिएका छन् ।

आफ्ना पूववर्तीहरूको भन्दा पृथक खालको नीतिलिएर वित्तीय नाकाबन्दी लगाउने र अमेरिकी डलरको प्रसार रोक्ने नीति लिएको देखिएको छ ।

१९६०को दशकमा रोबर्ट ट्रिफिनले अमेरिकी डलरलाई विश्वको सुरक्षित मुद्राको रूपमा सिर्जना गर्दा अल्पकालीनरूपमा देश भित्र र दीर्घकालीनरूपमा अन्तर्राष्ट्रियरूमा  स्वार्थको द्वन्द्व गराउने चेतावनी दिँदै नगर्न सुझाउ दिएका थिए ।

किन्सले पनि यस्तै चेतावनी दिएका थिए ।

सुरक्षित मुद्राको अर्थ भनेको अमेरिकाले विश्वभर अमेरिकी डलरको आपूर्ति गनु हुन्छ ।

विदेशी विनिमय सुरक्षणको मागलाई पूरा गर्नु हो ।

अमेरिकामा ब्याजदर न्यून हुँदा लगानी बढछ र उपभोग सस्तो हुन्छ अन्य देशहरूलाई ऋण लिन र खर्च गर्न सजिलो हुन्छ ।

ट्रम्पका लागि यी दुबै अवस्था कायम गर्न सजिलो देखिएन् ।

अमेरिकी डलरको वर्चस्वमाथि आरोप लगाउँदा सबैको कारण अमेरिकी डलरलाई मान्न सकिन्न ।

देशहरूले वित्तीय नियमनको अभाव विदेशी मुद्धा लिने अपराध गरिरहेका हुन्छन् ।

विश्वको व्यापारको आधा जति व्यापार घाटा देशहरूको आन्तरिक नीतिलाई तोडमरोड गरिने क्रियाकलाप रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ ।

अमेरिकी डलर र चिनियाँ रेन्मिन्बीलाई सुरक्षित मुद्रा बनाउन नसकिने तर हालको स्पेसल ड्रइङ राइट्ससम्बन्धी प्रणालीको व्यवस्थापनबाट यसको समाधान खोजिने छलफल भइरहेका छन् ।

यस्ता विभिन्न विषयमा छलफल भइरहेको छ । अमेरिकी डिलरलाई विस्थापित गराउने प्रक्रिया पनि सुस्त हुनेछ तर अमेरिकी राष्ट्रपति ट्रम्पले यो प्रक्रियामा गति बढाइ दिएको अर्थविद्हरूको बुझाइ रहेको छ ।