पूर्णिमा निकट सहवासको डिम्बक्षरणबाट छोरा हुने धारणा कत्तिको ठीक ?

पूर्णिमा निकट सहवासको डिम्बक्षरणबाट छोरा हुने धारणा कत्तिको ठीक ?

काठमाडौ । समयको उदयसँगै मानिसको मष्तिष्कमा चन्द्रमाले  प्रभाव पारेको छ । विश्वभर हरेक उमेरका मानिसहरूले चन्द्रमालाई एक महत्वपूर्ण देवताको रूपमा पूजा आजा गरेको पाइन्छ ।

मानव जीवन र स्वास्थ्यलाई पार्ने वास्तविक शक्ति भएको विश्वासमा चन्द्रमाको पुजाआजा गरिन्छ ।

 चन्द्रमाले मानिसहरूको जीवन र स्वस्थ्यमा पार्ने प्रभाव विषयमा विभिन्न अध्ययन भएको पाइन्छ ।

मेडिकलन्युज टुडेले चन्द्रकलासँगै महिलाको महिनाबारीको सम्बन्ध हुने विषयमा गरिएका अध्ययनहरू बारेमा उल्लेख गरेको छ ।

यो वर्ष दुनियाँले एपोलो एघारले चन्द्रमा अवतरण गरेको स्वर्णजयन्ती मनायो ।

अमेरिकाको अन्तरिक्ष अध्ययन संस्थानले स्न २०२४मा अर्को मानवसहितको यान पठाउने योजना बनाएको छ ।

चन्द्रमा पृथ्वीको प्राकृतिक उपग्रह हो ।

पूर्णिमाका बेला मुगाले अण्डा दिने गर्छ भने नरनारी सहवास गर्छन् ।

मानिसहरूले यो समय सम्भोगका लागि साह्रै उचित मान्ने गरेका छन् । 

चन्द्रमा र पृथ्वीबीचको तनावले समुद्रमा ज्वार भाटा र छाल उठिरहन्छ ।

यसैगरी चन्द्रमाले पृथ्वीका भौतिक र मानिसक स्वास्थयमा प्रभाव पार्ने गरेको अवधारणा पाइन्छ ।

यस्ता धारणा सत्य भए नभएपनि महिनाबारी र चन्द्रकालासम्बन्धी चक्रबारे जानकारी दिने मोबाइ एप बनेका छन् ।

जसले उपभोक्तालाई चन्द्रकलाको आधारमा सहबास गर्न सल्लाह समेत दिन्छ र महिनाबारीको चक्र अनुसार ठेकान लगाउँछ । 

महिनाबारीको चक्र र चन्द्रकलाको चक्रबीचको सम्बन्धलाई बुझ्दा औसतरूपमा  एक महिनाबारी र अर्को महिनाबारीबीचको अन्तर २८ दिनको हुन्छ ।

यो करिब करिब चन्द्रकलाको चक्र जत्तिको छ ।

चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न २७ दिन ७ घन्टा र ४३ मिनेट लाग्छ  र चन्द्रकलाको चक्र पूरा गर्न साढे २९ दिन लाग्छ ।

७०,८० र ९०का दशकहरूमा विभिन्न ठाउँमा महिनाबारी र डिम्बक्षरण अवधिको विषयमा साना साना अधययन गरिएको थियो ।

पूर्णिमा र औशीको चरणको रूपमा अध्ययन गरिएको थियो ।

पूर्णिमा हुनेसम्मको अवस्था र औंशीको अवस्थाबीच भएका यौनसम्बन्ध र तिनबाट ठहरिन पुगेका गर्भधारणसम्बन्धी अध्ययन गरिएका छन् ।

यी अध्ययनहरू मध्ये केहीले चन्द्रमा र महिनाबारी हुने हार्मोन मेलाटोनिनको चक्रबीचको परिवर्तनमा सम्बन्ध पाएको जनाएको थियो ।

सन् २००५मा नेपालमा भएको एक अध्ययन अनुसार पूर्णिमा हुन लागेको चहकिलो समयमा ठहरिएको गर्भबाट जन्मिने शिशु छोरा हुने र औंशीको बेलाको जन्मिने शिशु छोरी हुने पाइएको थियो ।

विश्वभर विभिन्न उमेरका महिलाहरूमा हुने महिनाबारी २१ देखि ३५ भित्रको अन्तरमा हुने गरेको पाइन्छ ।

यसबाट अधिकांश महिनाबारीको सम्बन्ध पूर्णिमाको चन्द्रकलासँग मिल्ने देखिदैन् ।

१ वर्ष अघि  प्रजनन उमेर समूहका ७४ महिलामा गरिएको  अध्ययनबाट वास्तवमा चन्द्रकला , महिनाबारी  र प्रजननबीच कुनै सम्बन्ध नरहेको देखिएको छ ।