यसरी लुटियो कृषि विकास बैंकबाट दुई करोड

यसरी लुटियो कृषि विकास बैंकबाट दुई करोड

ह्याकरहरुले करिब दुई करोड रुपैयाँ कृषि विकास बैंकको कर्मचारीहरुले प्रयोग गर्ने खाताको पासवर्ड प्रयोग गरेर लुटेका छन्। यसपटक भने लुटेराले भिन्न प्रविधि अपनाएको जनाइएको छ । ह्याकरहरुले नेपाली खातावालाको सहयोग लिएर ट्रान्सफर गरि रकम निकालेका हुन्। राष्ट्र बैंकको प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बैंकको तीनजना कर्मचारीले प्रयोग गर्ने पासवर्ड प्रयोग गरेर बैंकको नाफा नोक्सान हिसाब खाताबाट रकम विभिन्न व्यक्तिको खातामा रकम ट्रान्फर गरेर रकम लुटन सफल भएका छन् । यसअघि विभिन्न बैंकहरुको एटिएम र स्विफ्ट तथा नेप्सको सिस्टम ह्याकिङ्ग गरि रकम लुटेका थिए ।

बैंकको प्रतिखाता दश लाख रुपैयाँभन्दा धेरै रकम निकाल्न नमिल्ने भएकाले ४ करोडभन्दा धेरै रकम ट्रान्सफर गरेको भएपनि दुई करोडभन्दा कम रकम मात्र निकाल्न लुटेराहरु सफल भएका थिए ।  

महानरीय अपराध महाशाखाले सो प्रकरणमा संलग्न भएका आशंकामा १० जनालाई नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ, निर्मला तामाङ, पुष्पराज खड्का लगायत १० जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीले ७ जनालाई आइतबार र ३ जनालाई मंगलबार पक्राउ गरेको हो। उनीहरुको साथबाट ३१ लाख नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

सिरहाको लहान शाखाबाट कृषि विकास बैंकको केन्द्रीय शाखामा रकम ट्रान्सफर गरी सो रकम निकालिएको हो।

लहानको खाताबाट केन्द्रीय कार्यालयमा रकम ट्रान्सफर गरेर रकम निकालेका हुन्। उनीहरुले ९ लाख ९९ हजार रुपैयाँका दरले चेकबाट रकम निकालेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतले बैंकको खाता रहेको युवकलाई माध्याम बनाएर १० करोड रुपैयाँ लुट्ने योजनका साथ भारतबाट ह्याक गरेको आशंका गरेको छ। बैंकको खातावालाई लुटिएको रकमको १० प्रतिशत कमिशन दिने प्रलोभन दिएर उक्त घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

ह्याकरहरुले नेपाली बैंक खातावालाहरुको खातामा रकम ट्रान्सफर गरेर रकम निकाल्ने गरेको र सो वापत कमिसन दिने गरेको पाइएको प्रहरीको दाबी छ ।