सामाजिक सञ्चालको अपराध रोक्न भारतको सर्वोच्चद्वारा कानुन बनाउन आदेश

सामाजिक सञ्चालको अपराध रोक्न भारतको सर्वोच्चद्वारा कानुन बनाउन आदेश

काठमाडौ । भारतको सर्वोच्च अदालतले प्रविधिको उपयोग खतरनाक भइरहेकाले यसको दुरूपयोग रोक्न आवश्यक कानुन बनाउन आदेश दिएको हो ।

न्यायाधीश दीपक गुप्ता र अनिरूद्ध बोसको संयुक्त इजलासले सामाजिक सञ्जाल सोसल मिडियाको गलत  उपयोग रोक्न सरकारलाई निर्देशिका बनाउन भनेको हो ।

३ हप्ता भित्र यो निर्देशिका कहिलेसम्म बनाउन त्यसको जानकारी अदालत दिन समेत भनिएको छ।

सुनुवाइको क्रममा न्यायाधीश गुप्ताले स्मार्टफोन छोडी फिचर फोनमा फर्किउ जस्तो लाग्न थालेको बताउँदा वकिल तुषार मेहताले हामी मध्ये कतिपयले यसअघि देखि नै स्मार्टफोनको उपयोग छोडि सकेको बताए ।