सस्तो प्याज किन्न दिल्लीमा उपभोक्ता लामबन्द

  सस्तो प्याज किन्न दिल्लीमा उपभोक्ता लामबन्द

काठमाडौ । बजारमा प्याजको भाउ बढेपछि  सरकारले सस्तोमा प्याज उपलब्ध गराउने स्थानमा उपभोक्ताहरू लामबन्द हुने गरेका छन् ।

भारतमा प्याजको मूल्य ७० देखि ९० भारुमा बिक्री हुन थालेयता दिल्लीमा पनि भाउ गर्न गएको हो ।

बजारमा प्याजको भाउलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले सस्तोमा प्याज बिक्री गर्न थालेको हो ।

प्रति किलो २२ भारुमा सरकारले प्याज बिक्री गर्न थालेको हो ।

कृषिमन्त्री नरेन्द्रसिंह तोमरले बजारको भाउ केही दिनमा सस्तो हुने बताए ।

सरकारसँग प्याजको भण्डारण पर्याप्त रहेको जनाउँदै  किसान र उपभोक्ताको हितमा हुने सन्तुलनमा सरकारले ध्यान दिएको तोमरले बताए ।

वर्षाका कारण प्याजको आपूर्तिमा ढिलाइ भएका कारण मूल्यमा बृद्धि भएको हो ।

नेशनल कोअपरेतिभ कन्ज्युमर फेडरेशन अफ इन्डिया मार्फत सरकारले दिल्लीमा २२ भारु प्रतिकिलोको दरमा प्याज बिक्री भइरहेको छ ।