बालबालिकालाई गुप्ताङबारे कहिलेदेखि दिने शिक्षा?

बालबालिकालाई गुप्ताङबारे कहिलेदेखि दिने शिक्षा?

काठमाडौ । नेपाली समाजमा सामान्यरूपमा गोरा छाला र कइरा आँखा भएकाहरूलाई समग्ररूपमा छाडा संस्कृति बोकेको भ्रम रहेको पाइन्छ ।

उनीहरूले यौनलाई खुला गरे र हामी कहाँ पनि त्यो फोहरको प्रसार गरिरहेको आरोप नेपाली गाउँको चिया पसलमा मात्रै होइन राजधानीको चोकमा बसेर केही बुढापाकासँग बात मारे यसको पुष्टि सहजै हुन्छ ।

मूलरूपमा बालबालिकालाई यौन शिक्षा दिने कुरो व्यापक बहसको विषय बनेको हो ।

 स्कूले विद्यार्थीहरूलाई शिक्षा दिन यस किसिमको पाठयक्रम बनाउनुपर्ने आवश्यकता औंल्याइने बहस भइरहेका पाइन्छन् ।

तर सम्भवतः यो शिक्षा कहिले देखि र कसरी दिने भन्ने विषयमा निक्र्यौल निकाल्ने उद्देश्यको अभाव देखिन्छ ।

बेलायती आमाबाबुले ६ –१० वर्षदेखिका बालबालिकालाई उनीहरूको गुप्ताङमा स्पर्शबारे शिक्षा दिने पाठयक्रम प्रति आपत्ति जनाउँदै आश्चर्य व्यक्त गरेका छन् ।

बेलायतका २४० भन्दा बढी प्राथमिक विद्यालयमा ‘स्व उत्तेजना’(सेल्फ स्टिम्युलेशन) शीर्षकका पाठसहितको पाठयक्रम ६ वर्ष उमेर भन्दा माथिका लागि तयार गरी पठाइएको छ ।

यौन शिक्षा कार्यक्रम अन्तर्गत यो पाठ तयार पारिएको छ । तर बेलायतका आमाबाबुले यो पाठयक्रमका बारेमा आक्रोश व्यक्त गरेका छन् ।

आत्म उत्तेजनाका नियमहरू ६ वर्ष देखि १०वर्ष उमेर समूहका लागि शिक्षा दिने उद्देश्यले तयार पारिएको छ ।

यो पाठ अन्तर्गत ‘सबै मेरा बारेमा ’(अल अबाउट मी)कार्यक्रम अन्तर्गतका यो नयाँ पाठहरू केन्द्रीय इंग्ल्यान्डको वारविकसायर काउन्टीका २४० प्राथमिक स्कूलका लागि तयार पारिएको छ ।

अनिवार्य सम्बन्ध र यौन शिक्षा आगामी सेप्टेम्बरसमम बेलायतभर लागु हुने गरी यो पाठयक्रम तय गरिएको हो ।

यसको एउटा खण्ड‘आफै स्पर्शगरिरहँदा’(टचिङ माइसेल्फ) राखिएको छ ।

शिक्षकहरूलाई तिनका विद्यार्थीहरू यसबारे जानकारी दिन निर्देश दिइएको छ ।

गुप्ताङ स्पर्श गर्दा मानिसहरूलाई राम्रो अनुभव हुने गरेको जानकारी विद्यार्थीलाई दिन  निर्देशनमा भनिएको छ

साथै उनीहरूलाई यो सामान्य कुरो भएपनि केही मानिसहरूले यसलाई फोहर वा खराब कुरो भएको भन्ने गरेको पाइने बारे पनि विद्यार्थीहरूलाई जानकारी दिन भनिएको छ ।

यसैगरी उनीहरूको गुप्ताङमा गरिने स्पर्शको क्रियाकलाप कक्षा कोठा वा अन्य सार्वजनिक स्थलमा गर्न नहुने यो कार्य जब एक्लो ओछयानमा , बाथरूमा वा शावरमा रहेका बेला स्पर्श गरी अनुभव गर्न सल्लाह दिन शिक्षकलाई निर्देश गरिएको छ ।

यो पाठयक्रमको विषयमा सार्वजनक भएपछि केही आमाबाबु क्रोधित भएका छन् ।

उनीहरूका  अनुसार यस्तो कलिलो उमेरमा हस्तमैथुन जस्ता यौन शिक्षा दिनु अनुपयुक्त र अनुचित छ ।

अभिभावक र केही शिक्षाविद्हरूले पनि यो कलिलो उमेरमा यस्तो शिक्षा दिनु सही नभएको बताएका छन् ।

कन्जरभेटिभ पार्टीका सांसद डेभिड डाभिस यो कार्यक्रका बारेमा क्रोध व्यक्त गरे । उनले भने “ सरकारले कलिलो बालबालिकालाई यौनवृतिमा  डो¥याउन खोजेको देखिन्छ ।”

वारविकसायर काउन्टी काउन्सिलले यो ‘स्वस्थ्य सम्बन्ध’ बनाउन र ‘स्वप्रेरणा’को विकास गर्न र व्यक्तित्वको पहिचानको विकास गर्न सहयोग मिल्ने दाबी गरेको छ ।

यो पाठयक्रमका एक लेखक जोन हन्टले समय समयमा आत्म उत्तेजनाको यो सिकाइ सबै उमेर समूहका बालबालिकालाई दिनुपर्ने बताए ।