नेप्सेसँगै कारोबार रकम घट्यो

नेप्सेसँगै कारोबार रकम घट्यो

साताको पहिलो दिन आइतबार  शेयर बजार दोहोरो अंकले घट्यो । गत साताको दुइ दिन उछाल आएको नेप्से सूचक बिहिबारबाट नै घट्न थालेको थियो ।

आइतबार बजार खुलेदेखि निरन्तर घट्न थालेको नेप्से सूचक १६.८६ अंकले घटेर ११३८.४३ विन्दुमा झरेको छ। यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये १३१ वटाको शेयरमूल्य घटेको छ भने १८ वटा कम्पनीको मात्र शेयरमूल्य  बढेको छ ।  १० वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन ।

कारोबार रकमपनि निकै घटेको छ। अघिल्लो दिन बिहीबार ३९ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा आइतबार कारोबार रकम १७ करोड २९ लाख रुपैयाँले घटेको हो । यस दिन १६६ वटा कम्पनीको ८ लाख ४८ हजार कित्ता शेयर २२ करोड ६९ लाख रुपैयाँमा खरिद बिक्री भयो ।