डिएनएका प्राचीन भाइरस क्यान्सरको उपचारमा सहयोगी

डिएनएका प्राचीन भाइरस क्यान्सरको उपचारमा सहयोगी

काठमाडौ । डिएनएका प्रचाीन भाइरसहरू क्यान्सर रोगको उपचारमा सहयोगी हुने नयाँ अनुसन्धानबाट थाहा भएको छ ।

 लाखौं करोडौ वर्ष अघि मानिसका पुर्खाहरूमा संक्रमण भएका प्राचीन भाइरस अहिले मानिसको डिएनएमा सुसुप्त अवस्थामा रहेका छन् ।

ती सुसुप्त भाइरसबाट क्यान्सर पत्ता लगाउन र क्यान्सरलाई मार्न प्रभावकारी हुने नयाँ अनुसन्धानबाट पत्ता चलेको हो ।

मानव जीवोम (जीनोम)को ८ प्रतिशत यस्ता रेट्रोभाइरल डिएनएबाट बनेका हुन्छन् । क्रिक ग्रुपका अनुसन्धानकर्ताहरूले यही ती सुसुप्त भाइरस हुने गरेको बताउँछन् ।

क्यान्सर भएपछि  यसलाई पुन सक्रिय गरिन्छ ।

अनुसन्धान्तरत वैज्ञानिकहरूले क्यान्सरलाई कसरी नियन्त्रणमा ल्याउने विषयमा अध्ययन गरिरहेका छन् ।

 यो विधिबाट शरीरको प्रतिरोधी प्रणालीलाई बलियो बनाएपछि क्यान्सरसँग लडन सकिने विश्वास गरिएको छ ।

डा. जर्ज कासिओटिस भन्छन् “ हामीले खोजेको बाटोबाट भविष्यमा क्यान्सरको थेरापी बनाउन सकिने आशा गर्छौ । हामीले प्रतिरोधी प्रणालीलाई खोपको माध्यमबाट बलियो पार्छौ यसले क्यान्सर कोषलाई समाप्त पार्छ ।”

अनुसन्धानकर्ताहरूले जीनोम रिसर्चमा यो अनुसन्धान छापिएको  छ ।