भारतले ‘इन्डो प्यासिफक’मा रूसको बलियो भूमिकाका लागि सघाउँदै

भारतले ‘इन्डो प्यासिफक’मा रूसको बलियो भूमिकाका लागि सघाउँदै

काठमाडौ । चीनमाथिको अधिक निर्भरतासम्बन्धी रूसको चासोको दोहन गर्दै भारतले रूसलाई उसको सन्तुलनकारी शक्तिको रूपमा उपस्थित गराइ कुटनीतिक लाभ लिइरहेको छ ।

हिन्द प्रशान्त क्षेत्रमा भारतले रूसलाई प्रशान्त शक्तिको रूपमा उभ्याउन प्रोत्साहन गरिरहेको देखिन्छ । हिन्द प्रशान्त क्षेत्रमा भारतले रूसलाई चीनको सानो साझेदारको रूपमा देख्न चाहेको छैन् ।

भारतले चीन विरूद्धको एजेन्डालाई अस्वीकार गरी इन्डो प्यासिफिक एजेन्डामा रूसलाई बलियो बनाएर आफ्नो खरिद सहज बनाउन खोजेको अन्तर्राष्ट्रिय सहयोग केन्द्रका एक अनुसन्धानकर्ताले यस्तो बताएका छन् ।

माओ केजीले “मोदी डज ब्यालेन्सिङ एक्ट युएस एन्ड रसिया” शीर्षकको लेखमा यस्तो विचार प्रस्तुत गरेका हुन् ।

उनले जनाए अनुसार ५.२ अर्ब अमेरिकी डलर बराबरको एस–४०० क्षेप्यास्त्र रूसबाट किन्ने निर्णय गरे भारतले अमेरिकालाई उसको पुच्छर नभएको स्पस्ट पारेको छ ।

यो निर्णय अमेरिकासँगको सम्बन्धलाई सुधार गर्दै ठूलो परिमाणमा हतियार किन्ने गरेको बेला रूसको क्षेप्यास्त्र किन्ने निर्णयबाट यो स्पस्ट भएको छ ।

रूसलाई पश्चिमाहरूले आर्थिक नाकाबन्दी लगाइ दिएका बेला भारतले रूससँगको सम्बन्धलाई विस्तार गर्ने नीति लिएर उसलाई  सहयोग पु-याउने बलियो साझेदार बनाइरहेको छ ।

यसबाट रूसले भारत भरपर्दो मित्रको रहीको विश्वास गरिरहेको छ ।रूसले पनि काश्मिर मुद्दामा यो उसको आन्तरिक मामिला भएको भनेर सघाइरहेको देखिएको छ ।