अमेरिकाले चिनियाँ सामानमा लगाएको कर हटाउने

अमेरिकाले चिनियाँ सामानमा लगाएको कर हटाउने

चीन र अमेरिकाबीच उच्चस्तरिय वार्ताको तयारी स्वरुप अमेरिकाले ४ सय भन्दा बढी चिनियाँ सामानमा लगाउँदै आएको अतिरिक्त कर हटाउने भएको छ । 

ब्यापारयुद्ध गर्दै चल्दै आएको बताइएतापनि दूई देश विच हुन लागेको  ब्यापारिक बार्तालाई अनुकुल बनाउने प्रयासस्वरुप उक्त कर हटाइने भएको हो । गत वर्ष मात्र ट्रम्प प्रशासनले ४३७ प्रकारका चिनियाँ सामानमा अतिरिक्त कर लगाएको थियो । उक्त कर यसै शुक्रबारदेखि हट्ने भएको छ तर तर यो कर हाल अस्थायी रुपमा मात्र हटाइएको अमेरिकाले जनाएको छ । स्थायी रुपमा हटन् भने बार्ता निर्णायक हुने छ । कर हटाइएको समानहरुमा क्रिसमस रुखमा प्रयोग हुने लाइट, प्लास्टिक स्ट्र, सर्किट बोर्ड लागायत छन् ।  
 
अमेरिकी सरकारले गत वर्ष २५० अर्ब डलर बराबरको चिनियाँ सामानमा कर बढाएको थियो । अहिले छुट दिन लागिएका समान पनि सोही भित्र पर्दछन् । तर कुल करको कति हिस्सा कर हटाइन लागिएको भने प्रष्ट भइसकेको छैन । यी दुई देशबीच व्यापार युद्ध चर्किएको एक वर्ष भन्दा धेरै भइसकेको छ । जसलाई समाधान गर्नका लागि अक्टोबरमा अमेरिकाको वाशिङ्टनमा चीन र अमेरिकाबीच उच्चस्तरिय वार्ताको तयारी भइरहेको छ ।
 
यता, दुवै देशले एकअर्काको सामानमा कर बढाउन भने छोडेका छैनन् । केही सामानमा छुट दिने घोषणा गरे लगत्तै अन्य सामानमा कर वृद्धि गरिएको खबर आइनै रहेका छन् । तर पछिल्लो समय व्यापारिक वार्ता निरन्तर पहल भइरहेका छन् । अमेरिकी सरकारले २५० अर्ब डलरको सामनमा कर बढाउने समय पर धकेलेपछि चीनले आयात हुने १६ वटा अमेरिकी उत्पादनहरुमा कर छुट दिएको छ ।