संविधानले मानवअधिकार, प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको छः राष्ट्रपति भण्डारी

संविधानले मानवअधिकार, प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको छः राष्ट्रपति भण्डारी

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै मानवअधिकार, प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको बताएकी छिन् । 

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को उपलक्ष्यमा शुक्रबार दिएको शुभकामना सन्देशमा तीन तहका सरकार सञ्चालनमा आएसँगै त्यसअनुरूप संरचना संस्थागत र सुदृढ हुँदै गएको उनले स्पष्ट पारेकी छिन्।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि संविधान दिवसको अवसरमा शुभकामना दिएका छन् ।